Kathmandu Press

चीनले पनि तयार गर्‍यो कोरोनाविरुद्धको खोप

काठमाडौं, चैत ५ : चीनले पनि कोरोना भाइरसविरुद्धको खोप तयार गरेको छ। अमेरिकाले परीक्षण गरेको दुई दिनपछि चीनले पनि खोप तयार गरेको हो।

चीनको वु....

चीनले पनि तयार गर्‍यो कोरोनाविरुद्धको खोप

काठमाडौं, चैत ५ : चीनले पनि कोरोना भाइरसविरुद्धको खोप तयार गरेको छ। अमेरिकाले परीक्षण गरेको दुई दिनपछि चीनले पनि खोप तयार गरेको हो।

चीनको वुहान शहरबाटै कोरोना भाइरसको संक्रमण सुरू भएको थियो। अहिले संसारका एक सय ६५ देशमा फैलिएको छ।  कोरोना भाइरसविरुद्धको खोप तथा औषधि बनाउन धेरै देश लागिरहेका छन्। त्यसमा अमेरिकापछि चीनले सफलता पाएको हो।

अमेरिकाले सोमबार खोप तयार भएको जनाएको थियो। सोमबार नै एक जनामा परीक्षण गरेको थियो। चीनले भने खोप तयार गरेपनि परीक्षणका लागि स्वयंसेवक खोजि गरिरहेको जनाएको छ।  चीनको उत्तरपूर्वी भागमा रहेको टियानजिनको क्यानसिनो बायोलजिक्सले एकेडेमी अफ मिलिटरी मेडिकल साइन्सेजसँग मिलेर खोप बनाएको हो।

चीनको हुवेई प्रान्तको रोग नियन्त्रण र रोकथाम केन्द्रका अनुसार यो खोपले कुनै पनि नकारात्मक असर गर्दैन। केन्द्रले ६ महिनाको क्लिनिकल परीक्षणमा सहभागी हुन आग्रह गरेको छ ।

 

प्रकाशित मिति: १४:३० बजे, बुधबार, चैत ५, २०७६
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्