सरकारलाई सभामुखको पाँचौं रुलिङ : २१ गतेको बैठकमा उपस्थित भएर जवाफ दिनू
सभामुख देवराज घिमिरेले प्रतिनिधि सभाको चालु अधिवेशन सुरु भएयता सरकारका नाममा गरेकाे याे पाँचौं पटककाे रुलिङ हाे।उनले यसअघि चार पटक रुलिङ गरिसकेका छन्।
काठमाडौं, फागुन १८ : सभामुख देवराज घिमिरले विपक्षी दलहरुले उठाएका विषयमा २१ गतेको बैठकमा उपस्थित भएर जवाफ दिन सरकारलाई रूलिङ गरेका छन्। सांसदहरुले आजको बैठकमा सरकारले सदनमा उठेका प्रश्नहरुको जवाफ नदिएको भनेर विरोध गरेपछि सभामुखले रुलिङ गरेका हुन्।
सभामुख देवराज घिमिरेले प्रतिनिधि सभाको चालु अधिवेशन सुरु भएयता सरकारका नाममा गरेकाे याे पाँचौं पटककाे रुलिङ हाे।उनले यसअघि चार पटक रुलिङ गरिसकेका छन्।
आज प्रतिनिधि सभाको बैठक सुरु हुनासाथै प्रमुख प्रतिपक्षी नेकपा एमाले, राष्ट्रिय स्वतन्त्र पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टी सहित केही स्वतन्त्र सांसदहरुले सरकारले जवाफ नदिएको भनेर विरोध गर्दै सदनको कार्वाही अवरुध्द गर्ने प्रयाश गरेका थिए। त्यसपछि सभामुखले रुलिङ गरेका हुन्।
सदनमा आफूहरुले बारम्बार उठाउँदै आएको बालकुमारी घटनामा आरोपति मन्त्री प्रकाश ज्वालासहित स्वास्थ्यमन्त्रीको राजीनामा, मिटरब्याजी पीडित र लघुवित्त पीडितका समस्या एवं दुग्ध किसानको समस्या सडकबाट सदनसम्म आउँदा पनि सरकार मौन रहेको र आफूहरुले उठाएको विषयमा सरकारले महत्व नदिएको भन्दै उनीहरुले विरोध गरेका हुन्।












