Kathmandu Press

‘प्रधानमन्त्री खोज्न’ उच्चस्तरीय समिति माग

आज प्रतिनिधि सभाको बैठमा बोल्दै उनले सरकार संसदप्रति जवाफदेही नभएको भन्दै प्रधानमन्त्रीलाई खोज्न उच्च स्तरीय समिति बनाउनु पर्ने हो कि संसद स्थगित गर्नुपर्ने हो भन्दै प्रश्न गरेका छन्। 
‘प्रधानमन्त्री खोज्न’ उच्चस्तरीय समिति माग

काठमाडौं,  फागुन १८ : नेकपा एमालेका सांसद सूर्य बहादुर थापाले प्रधानमन्त्रीको खोजी गर्न उच्च स्तरीय समिति बनाउनु पर्ने हो कि भन्दै व्यङ्ग्य गरेका छन्। 

आज प्रतिनिधि सभाको बैठकमा बोल्दै उनले सरकार संसदप्रति जवाफदेही नभएको भन्दै प्रधानमन्त्रीलाई खोज्न उच्च स्तरीय समिति बनाउनु पर्ने हो कि संसद स्थगित गर्नुपर्ने हो भन्दै प्रश्न गरेका छन्। 

Hardik ivf

उनले भने, ‘लघुवित्त, सहकारी, मिटरब्याज पीडितहरु अहिले उपत्यकामा आउनु भएको छ, यस्तो अवस्थामा पनि सरकार जवाफदेही भएन, सरकार हरायो, प्रधानमन्त्री हराउनु भयो, प्रधानमन्त्रीको खोजी गर्न पर्यो त्यसको लागि यो संसदले उच्च स्तरीय समिति बनाउनु पर्ने हो की संसद स्थगित गर्नुपर्ने हो की, कति दिन समय चाहिने हो।’ 

सभामुखले रुलिङ् गर्दा पनि प्रधानमन्त्री संसदमा नआएको भन्दै प्रधानमन्त्रीलाई संसदमा आएर जवाफ दिन कसले रोकेको भन्दै प्रश्न पनि उठाएका छन्। 

उनले भने, ‘आगामी बैठकमा प्रधानमन्त्रीले जवाफ दिने भनेर सभामुखले रुलिङ् गरेपनि आज प्रधानमन्त्री आउने खबर पाएका छैनौ। यसरी हेर्दा सरकार संसदप्रति जवाफदेही नभएको देखिन्छ, बालकुमारी घटनामा दोषी करार भएका सरकारी छानबिन समितिले नै दोषि ठहर गरेका मन्त्रीलाई राजीनामा गर्न राजीनामा नगरे बरखास्त गर्न प्रधानमन्त्रीलाई के ले रोेकेको छ। यो संसदमा आएर जवाफ दिन कसले रोकेको छ।’ 
 

प्रकाशित मिति: १२:१० बजे, शुक्रबार, फागुन १८, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्