सशस्त्र प्रहरीमा ११ चिकित्सकसहित प्राविधिक पदमा आवेदन माग

काठमाडौं, फागुन १८: सशस्त्र प्रहरी बलले ११ जना चिकित्सकसहित स्वास्थ्यतर्फका विभिन्न पदहरूमा दरखास्त आह्वान गरेको छ ।
रिक्त रहेका प्राविधिक पदहरूमा शुक्रबार सार्वजनिक सूचना जारी गर्दै सशस्त्रले दरखास्त आह्वान गरेको हो । प्राविधिक समूहतर्फ नायव निरीक्षकदेखि प्रहरी निरीक्षकसम्मका लागि खुला प्रतियोगितामार्फत पदपुर्ति गर्न दरखास्त आह्वान गरिएको छ ।
जसअनुसार चिकित्सक ११ जना, बीडीएस ३ जना, स्टाफ नर्स ५ जना, ल्याब टेक्निसियन २ जना, साइकोथेरापिस्ट १ र रेडियोग्राफर २ जनाका लागि दरखास्त आह्वान भएको छ ।
सशस्त्रले योग्यता पुगेका नेपाली नागरिकले चैत १८ गतेसम्म अनलाइनमार्फत दरखास्त दिन सक्ने जनाएको छ ।
प्रकाशित मिति: १०:५३ बजे, शुक्रबार, फागुन १८, २०८०
प्रतिक्रिया दिनुहोस्
थप समाचार












-1755255383.jpg)