आजको मौसम: पहाडी क्षेत्रमा आंशिक बदली, हल्का वर्षा र हिमपातको सम्भावना

काठमाडौं, फागुन १८: आज काठमाडौंसहित पहाडी क्षेत्रमा आंशिक बदली भएपनि देशभरको मौसम मुख्यतया सफा रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
महाशाखाका अनुासर हाल नेपालमा पश्चिमी वायूको आंशिक प्रभाव रहेको छ ।
आज दिउँसो सुदूरपश्चिम र कर्णाली प्रदेश लगायत गण्डकी प्रदेशका पहाडी भूभागमा आंशिक देखि साधरणतया बदली रही बाँकी भूभागमा आंशिक बदली देखि मौसम मुख्यतया सफा रहने महाशाखाको अनुमान छ ।
गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।
राति सुदूरपश्चिम र कर्णाली प्रदेशका थोरै स्थानहरूमा हल्का वर्षाको सम्भावना रहेको छ । सुदूरपश्चिम र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानहरूमा तथा गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भूभागका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।












