Kathmandu Press

बागमती प्रदेश सभा सञ्चालनका लागि विशेष समिति गठन

बिहीबार बसेको बागमती प्रदेश सभाको बैठकले विशेष समिति गठनको निर्णय गरेको गरेको हो। उक्त समितिले सत्तापक्ष र विपक्षी दलहरूबीचको सहमति कार्यान्वयन गर्नेछ।
बागमती प्रदेश सभा सञ्चालनका लागि विशेष समिति गठन

हेटौंडा, फागुन १७ : बागमती प्रदेश सभा सञ्चालनमा देखिएको समस्या समाधानका लागि विभिन्न पार्टीको प्रतिनिधित्व हुने गरी विशेष समिति गठन गरिएको छ। 

बिहीबार बसेको बागमती प्रदेश सभाको बैठकले विशेष समिति गठनको निर्णय गरेको गरेको हो। उक्त समितिले सत्तापक्ष र विपक्षी दलहरूबीचको सहमति कार्यान्वयन गर्नेछ। बजेट कार्यान्वयन विवादका विषयमा सहमति जुट्न नसकेपछि विपक्षी दलहरूले सदन अबरुद्ध गर्दै आएका छन्।

Hardik ivf

गत असारमा बागमती सरकारले विपक्षी दल एमाले र राप्रपाका सांसदहरूसँग बजेटमा छुटेका योजना समेट्ने गरी तीनबुँदे सहमति गरे पनि कार्यान्वयनमा सरकारले चासो नदिएको भन्दै एमाले र राप्रपाले विरोध जनाउँदै आएका छन्। त्यस यता प्रदेश सभा बैठक बस्न सकेको छैन। समस्या समाधानका लागि विहीबार तय भएको समितिको संयोजकमा नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलका सचेतक गोविन्द लम्साललाई तोकिएको छ। 

समिति सदस्यहरुमा कांग्रेसका सांसद प्रभात तामाङ, प्रमुख प्रतिपक्ष दल नेकपा एमाले संसदीय दलका मुख्य सचेतक मधुसुदन पौडेल, सांसद डा.दिनेशचन्द्र देवकोटा, प्रतिपक्ष दल राप्रपा संसदीय दलका नेता उद्धव थापा, सांसद गिरबहादुर तामाङ, एकीकृत समाजवादीका सांसद रमा आलेमगर, वसन्त मानन्धर, नेकपा माओवादी केन्द्र बागमती प्रदेश संसदीय दलका प्रमुख सचेतक, रत्नप्रसाद ढकाल, सांसद इन्द्रप्रसाद गोतमे र हाम्रो नेपाली पार्टीबाट संसदीय दलका नेता शैलेन्द्रमान बज्राचार्य छन्। 

विशेष समितिमा नेमकिपाको भने सहभागिता छैन। उक्त समितिले आगामी फागुन २९ गते दिउँसो ३ बजे बस्ने बैठकमा प्रतिवेदन पेस गर्ने जिम्मेवारी पाएको छ। 
 

प्रकाशित मिति: १७:३५ बजे, बिहीबार, फागुन १७, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्