Kathmandu Press

कोरोना भाइरस: दक्षिण कोरियामा रहेका सबै नेपाली सुरक्षित

काठमाडौं, चैत ५ : कोरोना भाइरसको संक्रमण दक्षिण कोरियामा पनि फैलिएको छ। त्यहाँ रहेका नेपाली भने सुरक्षित रहेको दक्षिण कोरिया सरकारले जनाएको छ।

....
कोरोना भाइरस: दक्षिण कोरियामा रहेका सबै नेपाली सुरक्षित

काठमाडौं, चैत ५ : कोरोना भाइरसको संक्रमण दक्षिण कोरियामा पनि फैलिएको छ। त्यहाँ रहेका नेपाली भने सुरक्षित रहेको दक्षिण कोरिया सरकारले जनाएको छ।

दक्षिण कोरियामा अहिलेसम्म आठ हजार चार सय १३ जना कोरोना भाइरसबाट बिरामी परेका छन्। जसमा ६० जना विदेशी नागरिक रहेको दक्षिण कोरिया सरकारले जनाएको छ।

कोरिया सरकारले सार्वजनिक गरेको तथ्याङ्कअनुसार कोरियामा बस्ने चिनियाँ सबैभन्दा धेरै रहेका छन्। जसमा चीनका ३८ जना छन्। त्यस्तै, अमेरिकाका सात जना बिरामी परेका छन्।

यसैगरि, भियतनाम, मङ्गोलिया, थाइल्यान्ड, अस्ट्रेलिया र अर्जेन्टिनाका दुई–दुई  जना सङ्क्रमित छन्। जापानी, इन्डोनेशिया, मलेसिया, उज्वेकिस्तान र पोल्यान्डका एक–एक सङ्क्रमित रहेको कोरिया सरकारले जनाएको छ।

अहिलेसम्म कुनै पनि नेपालीमा कोरोना भाइरसको संक्रमण नदेखिएको दक्षिण कोरियास्थित नेपाली राजदूतावासका श्रमसहचारी डिल्लीराम बाँस्तोलाले बताए।

कोरियामा कोरोना भाइरसको सङ्क्रमणबाट ८४ जनाको मृत्यु भएको छ भने ५९ जना गम्भीर रहेका छन्। बुधबार मात्रै ८४ जना नयाँ संक्रमित भेटिएका छन्। यो क्रम बढिरहेको जनाएको छ।

प्रकाशित मिति: १४:०७ बजे, बुधबार, चैत ५, २०७६
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्