Kathmandu Press

राष्ट्रियसभा अध्यक्ष पदका लागि गठबन्धनभित्र सहमति जुट्ने अध्यक्ष नेपालकाे दाबी

बिहीबार चितवनको भरतपुर विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै अध्यक्ष नेपालले राष्ट्रियसभा अध्यक्ष पदमा गठबन्धनभित्रका दलको छुट्टाछुट्टै दावी रहे पनि यसमा सहमति जुट्ने बताएका हुन्।
राष्ट्रियसभा अध्यक्ष पदका लागि गठबन्धनभित्र सहमति जुट्ने अध्यक्ष नेपालकाे दाबी

चितवन, फागुन १७ : नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले राष्ट्रियसभा अध्यक्ष पदका लागि गठबन्धनभित्र सहमति जुट्ने दाबी गरेका छन्।

बिहीबार चितवनको भरतपुर विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै अध्यक्ष नेपालले राष्ट्रियसभा अध्यक्ष पदमा गठबन्धनभित्रका दलको छुट्टाछुट्टै दावी रहे पनि यसमा सहमति जुट्ने बताएका हुन्।

Hardik ivf

उनले अहिले गठबन्धनभित्र कुनै प्रश्न खडा नभएको र बलियो जगमा उभिएको धारणा राखे। उनले केही समस्या आए छलफल गरेर सहमतिमा पुगिने जिकिर गरे। गठबन्धनभित्र दरार देखिए हल गरिने उनको भनाइ छ। नेपालले सञ्चारकर्मीसँग भने, ‘केही समस्या आए छलफल गरेर सहमतिमा पुग्छौं। गठबन्धनभित्र दरार देखिए हल गर्छौं। गठबन्धनभित्र कुनै प्रश्न खडा भएको छैन।’

अध्यक्ष नेपाल भरतपुर भ्रमण वर्ष २०२४ को उद्घाटन सत्रमा सहभागी हुन चितवन आएका हुन्।

प्रकाशित मिति: १६:३२ बजे, बिहीबार, फागुन १७, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्