Kathmandu Press

चितवन आउने पर्यटकलाई प्याकेज टुरको व्यवस्था

भ्रमण वर्षमा पर्यटकहरुको बसाई लम्बाउन प्याकेज १ र प्याकेज २ को व्यवस्था गरेको नेपाल होटल व्यवसायी महासंघका केन्द्रीय अध्यक्ष दिने कुमार चुकेले बताए।
चितवन आउने पर्यटकलाई प्याकेज टुरको व्यवस्था

भरतपुर, फागुन १७ : भरतपुर भ्रमण वर्ष २०२४ को पूर्वसन्धामा चितवनका होटल व्यवसायीहरूले चितवनमा आउने पर्यटकहरूको लागि प्याकेज टुरको व्यवस्था गरेको छ।

भ्रमण वर्षमा पर्यटकहरुको बसाई लम्बाउन प्याकेज १ र प्याकेज २ को व्यवस्था गरेको नेपाल होटल व्यवसायी महासंघका केन्द्रीय अध्यक्ष दिने कुमार चुकेले बताए।

Hardik ivf

प्याकेज १ मा चितवनको अम्रेला स्ट्रिट बाटुली पोखरी बिसहजारी ताल गणेश धाम देवघाट र नारायणी नदी किनारको आरती सम्म रहेको र प्याकेज २ मा पश्चिम चितवनको लक्ष्मी बैकुण्ठनाथ मन्दीर जेम्स वल्ड मुकन्दश्वर महादेब राईनोक्रुज ज्ञानेश्वर सामुदायीक वन, सेतीदेबी सामुदायीक वन र मेघौलीको गोलाघाटसम्मको रहेको उहाले बताए। भरतपुर भ्रमण बर्ष २०२४ मा आउने पर्यटकहरुलाई चितवनको धार्मीक र पर्यटकीय स्थलहरुका साथै दुर्लभ बन्यजन्तुहरुको समेत अबलोकन गराउने कार्यक्रम रहेको अध्यक्ष चुकेले बताए।

चितवनका सबै होटल ब्यबशायीहरुले चितवनमा आएर घुम्न चाहने पर्यटकहरुलाई १ दिन र आधा दिनको प्याकेज टुरको ब्यबस्था मिलाएको होटल व्यवसायी संघ चितवनका अध्यक्ष लोकनाथ भट्टले बताए। उक्त प्याकेज टुर भरतपुर भ्रमण बर्ष २०२४ को अबसर पारेर शुरु गरेको हो। उक्त प्याकेज टुर फलदायी हुने होटल व्यवसायीहरुले बताए। 

प्रकाशित मिति: १५:४० बजे, बिहीबार, फागुन १७, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्