कोशी प्रदेशको नाम खारेजीको माग गर्दै काठमाडौंमा प्रदर्शन
फागुन १७ गते प्रदेश १ को नाम कोशी नामाकरण गरिएको र प्रदेशको पहिचान नामेट गरिएको अध्यारो दिन भएको भन्दै प्रदेश १ पुनः नामाकरण संयुक्त संघर्ष समितिले काठमाडौको तीनकुनेमा प्रदर्शनसहित सभा गरेको हो।
काठमाडाैं, फागुन १७ : कोशी प्रदेशको नाम खारेजीको माग गर्दै काठमाडौंमा प्रदर्शन भएको छ।
फागुन १७ गते प्रदेश १ को नाम कोशी नामाकरण गरिएको र प्रदेशको पहिचान नामेट गरिएको अध्यारो दिन भएको भन्दै प्रदेश १ पुनः नामाकरण संयुक्त संघर्ष समितिले काठमाडौको तीनकुनेमा प्रदर्शनसहित सभा गरेको हो।
कालो झण्डासहित प्रदर्शनमा सहभागीहरुले प्रदर्शनकारीले पहिचान विरोधी होसियार, कोशी प्रदेश खारेज गर्, पहिचानको आधारमा सबै प्रान्तको नामाकरण गर्, संघीयता पुनः सीमाङ्कन गर् लगाएतका नारा लगाएका थिए।
उनीहरुले १ नंवर प्रदेशको पहिचान मेट्ने काम फागुन १७ गते भएको भन्दै यसदिनलाई कालोदिनका रुपमा मनाएको जनाएका छन्।
गत बर्ष फागुन १७ गते बसेको प्रदेशसभाको बैठकमा प्रदेश १ को नाम कोशी रहने प्रस्ताव दुई तिहाई बहुमतले पारित भएको थियो। कोशी नामको पक्षमा ८२ मत परेको थियो भने विपक्षमा चार मत परेको थियो।
प्रदेश १ को नाम कोशी भएपछि एकबर्षदेखि पहिचान पक्षधरले विरोध गर्दै आएका छन्।