Kathmandu Press

अदालतबाट सफाइ पाएपछि डा. गिरी उपकुलपतिमा पदबहाली हुँदै 

उनीविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेमप्लेट र पत्रमा प्राध्यापक लेखेर नपाएको ओहदा पाएको भन्दै प्रचार गरेको आरोपमा मुद्दा दायर गरेको थियो।
अदालतबाट सफाइ पाएपछि डा. गिरी उपकुलपतिमा पदबहाली हुँदै 

काठमाडौं, फागुन १७ : भ्रष्टाचारकाे आरोपमा निलम्बनमा परेका बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति डा. ज्ञानेन्द्र गिरीले विषेश अदालतबाट सफाइ पाएपछि पदबहाली हुने भएको छ। 

विशेष अदालतका न्यायाधीशद्वय तेजनारायणसिंह राई र मुरारीबाबु श्रेष्ठको इजलाशले मंगलबार सफाइ दिएसँगै गिरी आजै वीपी प्रतिष्ठानमा हाजिर हुने भएका छन्। उनलाई तथ्य प्रमाणबाट आरोप पुष्टि हुने आधार नदेखिएको बताउँदै अदालतले आरोपबाट सफाइ पाउने फैसला गरेको हो।

Hardik ivf

उनीविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेमप्लेट र पत्रमा प्राध्यापक लेखेर नपाएको ओहदा पाएको भन्दै प्रचार गरेको आरोपमा मुद्दा दायर गरेको थियो।

डा.गिरीविरुद्ध ०७९ माघ ९ गते मुद्दा दायर भएको थियो। भ्रष्टचार मुद्दा दायर भएपछि उनी स्वतः निलम्बनमा परेका थिए। अदालतबाट सफाई पाएपछि डा.गिरी अब १६ महिना पूर्ववत पदमा बहाली हुने भएका छन्। 
 
प्रकाशित मिति: १५:०८ बजे, बिहीबार, फागुन १७, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्