Kathmandu Press

साफ यु-१६ को महिला फुटबल प्रतियोगिता भाेलिबाट काठमाडौंमा

एक्षिण एसियाली फुटबल महासंघको क्यालेन्डरअनुसार नेपालमा हुन लागेको प्रतियोगीतामा नेपाल सहित भारत, भुटान र बंगलादेशले सहभागिता जनाउनेछन्। खेलमा उत्कृष्ट प्रदर्शन गर्ने चारवटै देशका कप्तान र प्रशिक्षकहरूले विश्वास  लिएका छन्।
साफ यु-१६ को महिला फुटबल प्रतियोगिता भाेलिबाट काठमाडौंमा

काठमाडाैं, फागुन १७ : साफ यु-१६ को महिला फुटबल प्रतियोगिता शुक्रबारबाट काठमाडौंमा सुरु हुँदैछ।

एक्षिण एसियाली फुटबल महासंघको क्यालेन्डरअनुसार नेपालमा हुन लागेको प्रतियोगीतामा नेपाल सहित भारत, भुटान र बंगलादेशले सहभागिता जनाउनेछन्। खेलमा उत्कृष्ट प्रदर्शन गर्ने चारवटै देशका कप्तान र प्रशिक्षकहरूले विश्वास  लिएका छन्।

खेल अघि बिहीबार ललितपुरस्थीत एन्फा कम्प्लेक्समा आयोजित प्रि म्याच कन्फ्रेन्समा नेपाली यु–१६ महिला टोलीका प्रशिक्षक चक्र तामाङले एक महिनादेखि लगातार तयारी गरिरहेको बताए।

एक महिनाको अवधिमा खेलाडीहरुले राम्रो गरेको उनको भनाइ छ। उनले अहिले नेपालका खेलाडीहरु बलियो अवस्थामा रहेको र होम ग्राउण्डमा खेल्ने भएकाले त्यसको फाइदा उठाउने बताए।

त्यस्तै अन्य देशका शका कप्तान र प्रशिक्षकहरुले पनि राम्रो तयारी भएको र राम्रो नजिता आउने बताएका छन्। नेपालले आफ्नो पहिलो खेल फागुन १९ गते बंगलादेशसँग खेल्नेछ भने दोस्रो खेल फागुन २१ गते भुटानसँग खेल्नेछ।

लिगचरणको अन्तिम खेल नेपालले फागुन २४ गते भारतसँग खेल्ने छ। शीर्ष दुई टोलीले उपाधीका लागि प्रतिष्पर्धा गर्ने एन्फाले जनाएको छ।

प्रकाशित मिति: १४:५१ बजे, बिहीबार, फागुन १७, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्