Kathmandu Press

१०औं महाधिवेशनमा एक मात्रै दस्तावेज प्रस्तुत गर्ने नेकपा एसको निर्णय

बिहीबार काठमाडौंमा सम्पन्न दस्तावेज मस्यौदा समितिको बैठकले महाधिवेशनमा समसामयीक राजनीतिक, पार्टीको आन्तरिक लगाएतका विषय समेटेर एकमात्रै दस्तावेज प्रस्तुत गर्ने निर्णय गरिएको प्रवक्ता जगन्नाथ खतिवडाले जानकारी दिए।
१०औं महाधिवेशनमा एक मात्रै दस्तावेज प्रस्तुत गर्ने नेकपा एसको निर्णय

काठमाडाैं, फागुन १७ : नेकपा एकीकृत समाजवादीले पार्टीको आसन्न १०औं महाधिवेशनमा एक मात्रै दस्तावेज प्रस्तुत गर्ने निर्णय गरेको छ।

बिहीबार काठमाडौंमा सम्पन्न दस्तावेज मस्यौदा समितिको बैठकले महाधिवेशनमा समसामयीक राजनीतिक, पार्टीको आन्तरिक लगाएतका विषय समेटेर एकमात्रै दस्तावेज प्रस्तुत गर्ने निर्णय गरिएको प्रवक्ता जगन्नाथ खतिवडाले जानकारी दिए।

Hardik ivf

मस्यौदा समितिको बैठकपछि पार्टीभित्र कुनै पनि अलग अलग सोच नरहेको र सवैको भावनालाई समेटेर महाधिवेशनमा प्रस्ताव प्रस्तुत हुने उनको भनाइ छ। महाधिवेशनमा प्रस्तुत गर्ने दस्तावेजलाई अन्तिम रुप दिनका लागि बिभिन्न समूह बनाएर छलफल हुने प्रवक्ता खतिवडाले जानकारी दिए।

दस्तावेजमा समाजवादी क्रान्तिको बाटोमा जान हुने चुनौती, रुपरेखा लगाएतका बिषय समेटिने नेकपा एकीकृत समाजवादीले जनाएको छ। 

प्रकाशित मिति: १४:३९ बजे, बिहीबार, फागुन १७, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्