सुनको मूल्य बढ्यो, चाँदी स्थिर
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख १८ हजार ४ सय रूपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख १७ हजार ८ सय ५० रूपैयाँमा कारोबार भइरहेको छ।काठमाडौं, फागुन १७ : नेपाली बजारमा आज सुनको मूल्य बढेर आउँदा चाँदीको मूल्य स्थिर रहेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख १८ हजार ४ सय रूपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख १७ हजार ८ सय ५० रूपैयाँमा कारोबार भइरहेको छ।
बुधबार प्रतितोला एक सय रूपैयाँ घटेको सुनको भाउ आज प्रतितोला दुई सय रूपैयाँ बढेर आएको हो।
बुधबार छापावाल सुन प्रतितोला एक लाख १८ हजार २ सय रूपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख १७ हजार, ६ सय ५० रूपैयाँमा कारोबार भएको थियो।
यस्तै, बिहीबार चाँदीको मूल्य स्थिर रहेको छ। आज चाँदी प्रतितोला १३ सय ७५ रूपैयाँमा कारोबार भइरहेको छ।
प्रकाशित मिति: १३:२४ बजे, बिहीबार, फागुन १७, २०८०
प्रतिक्रिया दिनुहोस्
थप समाचार
अफवाह फैलाउने १० युट्युब च्यानल परे कारबाहीमासोमबार, मंसिर १०, २०८१
कोशीका सांसद लिलाबल्लभ अधिकारी हिरासतमुक्तसोमबार, मंसिर १०, २०८१
एक वर्षदेखि रिक्त धितोपत्र बोर्डले पायो नेतृत्व, सन्तोषनारायण श्रेष्ठ अध्यक्ष नियुक्तसोमबार, मंसिर १०, २०८१
प्राकृतिक प्रकोपमा ज्यान गुमाउने अधिकांश आदिवासी जनजातिसोमबार, मंसिर १०, २०८१