Kathmandu Press

राजपा अध्यक्षमण्डलको संयोजकमा भण्डारी

काठमाडौं, चैत ५ : राष्ट्रिय जनता पार्टी नेपाल (राजपा)को अध्यक्षमण्डलको संयोजक शरतसिंह भण्डारी भएका छन्। उनले बुधबारदेखि अध्यक्षमण्डल संयोजकको जिम्मेवा....

राजपा अध्यक्षमण्डलको संयोजकमा भण्डारी

काठमाडौं, चैत ५ : राष्ट्रिय जनता पार्टी नेपाल (राजपा)को अध्यक्षमण्डलको संयोजक शरतसिंह भण्डारी भएका छन्। उनले बुधबारदेखि अध्यक्षमण्डल संयोजकको जिम्मेवारी सम्हालेका हुन्।

राजपाको विधानमा दुई–दुई महिनामा चक्रीय प्रणालीका आधारमा अध्यक्षमण्डलको संयोजकको जिम्मेवारी सम्हाल्ने व्यवस्था छ। त्यहिअनुसार, उनले बुधबार दोस्रोपटक संयोजकको जिम्मेवारी सम्हालेको महासचिव केशव झाले बताए।

उनी यस अघि २०७५ चैत ५ देखि २०७६ जेठ ४ गतेसम्म संयोजक भएका थिए। उनको कार्यकाल आगामी जेठ ४ गतेसम्म हुनेछ।

यसअघि राजपा अध्यक्षमण्डल संयोजकमा महेन्द्र यादव रहेका थिए। उनी माघ ५ गतेदेखि संयोजक भएका थिए।

तराई–मधेश केन्द्रित ६ दल मिलेर २०७४ वैशाख ७ गते राजपा बनेको थियो। अहिले अध्यक्षमण्डलमा महन्थ ठाकुर, राजेन्द्र महतो, महेन्द्र राय यादव, राजकिशोर यादव, अनिल झा र भण्डारी रहेका छन्। अध्यक्षमण्डल सदस्यबाटै संयोजक हुने व्यवस्था छ।

प्रकाशित मिति: १२:२७ बजे, बुधबार, चैत ५, २०७६
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्