Kathmandu Press

१४ वर्षीया बालिका बलात्कार गरेको आरोपमा ६० वर्षीय पुरुष पक्राउ

१४ वर्षीया बालिका बलात्कार गरेको आरोपमा ६० वर्षीय पुरुष पक्राउ
Hardik ivf

कैलाली, फागुन १७: १४ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले कैलालीबाट एक जनालाई पक्राउ गरेको छ । 

कैलालीको टीकापुर नगरपालिका–१ शक्तिनगर शिबिर बस्ने ६० वर्षीय आशाराम चौधरीलाई बलात्कार आरोपमा पक्राउ गरिएको प्रहरीले जनाएको छ । 

चौधरीले ती बालिकालाई ललाई-फकाई सोही ठाउँस्थित कैलाशेश्वर सामुदायिक वनभित्र लगेर जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा ईलाका प्रहरी कार्यालय टीकापुरबाटखटिएको प्रहरीले उनलाई पक्राउ गरेको जनाइएको छ । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

प्रकाशित मिति: १२:०२ बजे, बिहीबार, फागुन १७, २०८०
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्