Kathmandu Press

कोरोनाको आशंकामा पाँच विदेशी टेकु अस्पताल भर्ना 

काठमाडौं, चैत ५ : कोरोना भाइरसको आशंकामा पाँचजना विदेशी नागरिकलाई टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरूवा रोग अस्पतालमा भर्ना गरिएको छ।

सो....

कोरोनाको आशंकामा पाँच विदेशी टेकु अस्पताल भर्ना 

काठमाडौं, चैत ५ : कोरोना भाइरसको आशंकामा पाँचजना विदेशी नागरिकलाई टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरूवा रोग अस्पतालमा भर्ना गरिएको छ।

सोमबार भर्ना गरिएको उनीहरु मध्ये चार जनालाई आइसोलेसन र एक जनलाई आइसियू कक्षमा राखेर उपचार गरिएको छ। आइसियूमा राखेर उपचार गरिएको व्यक्तिलाई निमोनिया भएको पाइएको छ।

'उनको अवस्था जटिल देखिएपछि आइसियूमा भर्ना गरेर उपचार गरेका छौं,' अस्पतालका निर्देशक डा.सागरराज भण्डारीले भने, 'तर, उनको पहिलो पटक गरिएको कोरोना परीक्षण नेगेटिभ आएको छ। फेरि दोस्रो परीक्षण गर्ने तयारीमा छौं।'

परीक्षणको लागि पठाइएको सबैको नतिजा आज  बेलुकासम्म आइपुग्ने उनले बताए। 

टेकु अस्पतालमा रहेका पाँच वटा आइसोलेसन बेड सबै भरिएका छन्।

प्रकाशित मिति: १२:१४ बजे, बुधबार, चैत ५, २०७६
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्