Kathmandu Press

एन्फाले फागुन १७ देखि गर्ने साफ यु–१६ को महिला फुटबल प्रतियोगिताको तयारी पूरा

बुधबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै एन्फाले एक्षिण एसियाली फुटबल महासंघको क्यालेन्डर अनुसार फाल्गुन १८ देखि २७ सम्म हुने साफ यु–१६ को महिला फुटबल प्रतियोगीताको तयारी पुरा भएको जनाएको हो।
एन्फाले फागुन १७ देखि गर्ने साफ यु–१६ को महिला फुटबल प्रतियोगिताको तयारी पूरा

काठमाडाैं, फागुन १६ : अखिल नेपाल फुटबल संघ(एन्फा) ले फागुन १७ गतदेखि सुरु हुने साफ यु–१६ को महिला फुटबल प्रतियोगिताको तयारी पूरा भएको जनाएको छ।

बुधबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै एन्फाले एक्षिण एसियाली फुटबल महासंघको क्यालेन्डर अनुसार फाल्गुन १८ देखि २७ सम्म हुने साफ यु–१६ को महिला फुटबल प्रतियोगीताको तयारी पुरा भएको जनाएको हो। प्रतियोगिताका लागि २३ सदस्यीय नेपाली राष्ट्रिय यु–१६ महिला टोली प्रशिक्षक चक्र तामाङको प्रशिक्षणमा रहेको छ भने प्रतियोगीतामा सहभागी हुन भारत, भुटान र वंगलादेशको टीम नेपाल आइसकेको छ।

प्रतियोगीताको टिकट दर साधारण पाराफिटतर्फ रु एक सय र भिआइपी पाराफिटतर्फ रु तीन सय कायम गरिएको एन्फा प्रवक्ता सुरेश शाहले जानकारी दिए। प्रतियोगीताको अनुमानित बजेट रु दुई करोड १२ लाख २० हजार ९ सय रहेको उहाले बताउनुभयो। बजेट एक्षिण एसियाली फुटबल महासंघबाटै प्राप्त भएको उनले जानकारी दिए।

नेपालले आफ्नो पहिलो खेल फागुन १९ गते बंगलादेशसँग खेल्नेछ भने दोस्रो खेल फागुन २१ गते भुटानसँग खेल्नेछ। लिगचरणको अन्तिम खेल नेपालले फागुन २४ गते भारतसँग खेल्नेछ। शीर्ष दुई टोलीले उपाधीका लागि प्रतिष्पर्धा गर्ने एन्फाले जनाएको छ। खेलहरु एन्फा कम्प्लेक्स सातदोबाटोमा हुनेछन्। 

प्रकाशित मिति: १७:४९ बजे, बुधबार, फागुन १६, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्