Kathmandu Press

हुम्लाको अदानचुली गाउँपालिकामा भ्रष्टाचार भएको दाबीसहित ११ विरूद्ध मुद्दा

त्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत पाण्डेसहित ११ जनाविरूद्ध भ्रष्टाचार निवारण ऐन, २०५९ अनुरुप ४२ लाख २९ हजार ३५८ रुपैयाँ जरिवाना, विगो असुल र कैद सजायको माग गरिएको छ। 
हुम्लाको अदानचुली गाउँपालिकामा भ्रष्टाचार भएको दाबीसहित ११ विरूद्ध मुद्दा

काठमाडौं, फागुन १६ : हुम्लाको अदानचुली गाउँपालिकाका तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत तिलप्रसाद पाण्डेसहित ११ जनाविरूद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ।

अदानचुली गाउँपालिका, हुम्लासँग भएको सम्झौता विपरितको कार्य गरी फिल्डमा वास्तविक भएको भन्दा नापी किताब, उपभोक्ता सम्बन्धी बिल र कार्यसम्पन्न प्रतिवेदनमा बढी काम भएको मूल्याङ्कन गराएको अभियोगसहित अख्तियार दुरूपयोग अनुसन्धान आयोगले भ्रष्टाचार मुद्दा दायर गरेको हो।

Hardik ivf

अख्तियारले अदानचुली गाउँपालिकाका तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत तिल प्रसाद पाण्डे, इन्जिनियर मकर ध्वज शाही, सवइन्जिनियर जयराम छत्याल, योजना शाखामा समेत कार्यरत खानेपानी तथा सरसफाई टेक्निसियन मंगल भण्डारी, तत्कालीन लेखापाल दिपक नेपाली, अदानचुली गाउँपालिका वडा–३ का वडाध्यक्ष दत्त विष्ट, उपप्रमुख सौमति रावल ऐडी, अनुगमन समिति सदस्य मान बहादुर टमटा भन्ने मान्या टमटा र धनसरा टमटाविरूद्ध भ्रष्टाचारको अभियोग लगाइएको छ। 

यस्तै ढकनीकुनादेखि मिढेघट्टसम्म सिँचाइ योजना निर्माण उपभोक्ता समितिका अध्यक्ष दत्त रोकाय र कोषाध्यक्ष सिर्जना बुमीविरूद्ध पनि मुद्दा दायर भएको छ। तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत पाण्डेसहित ११ जनाविरूद्ध भ्रष्टाचार निवारण ऐन, २०५९ अनुरुप ४२ लाख २९ हजार ३५८ रुपैयाँ जरिवाना, विगो असुल र कैद सजायको माग गरिएको छ। 
 

प्रकाशित मिति: १७:३४ बजे, बुधबार, फागुन १६, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्