Kathmandu Press

नेविसंघ अध्यक्ष दुजाङ शेर्पाको राजीनामा माग

उनीहरुले मनोमानी ढंगले व्यक्तिगत स्वार्थमा लिप्त भएर गरिएका सवै निर्णय खारेज गर्न कांग्रेस केन्द्रीय कार्यसमितिको ध्यानाकर्षण गराउने निर्णय गरिएको नेविसंघ केन्द्रीय सदस्य प्रेमिका राना मगरले जानकारी दिए।
नेविसंघ अध्यक्ष दुजाङ शेर्पाको राजीनामा माग

काठमाडाैं, फागुन १६ : नेपाली कांग्रेसनिकट नेपाल विद्यार्थी संघका संस्थापनइतर समूहले अध्यक्ष दुजाङ शेर्पाको राजीनामा माग गरेको छ।

दुई दिन काठमाडौंमा बसेको बैठकको निर्णय सार्वजनिक गर्न बुधबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै नेविसंघ संस्थापनइतर समूहले सभापति शेर्पाले केन्द्रीय कार्यसम्पादन समितिको निर्णय उल्लंघन गर्दै विभिन्न जिल्लामा मनोमानी ढंगले जिल्ला अध्यक्षको जिम्मेवारी दिने काम गरेको भन्दै राजीनामा माग गरको हो।

Hardik ivf

उनीहरुले मनोमानी ढंगले व्यक्तिगत स्वार्थमा लिप्त भएर गरिएका सवै निर्णय खारेज गर्न कांग्रेस केन्द्रीय कार्यसमितिको ध्यानाकर्षण गराउने निर्णय गरिएको नेविसंघ केन्द्रीय सदस्य प्रेमिका राना मगरले जानकारी दिइन्।

उनले नेविसंघ अहिले जटिल परिस्थीतिबाट गुज्रिरहेको बताए। व्यक्तिगत स्वार्थका कारण देशभरी संगठनलाई धराशयी बनाउँदै लैजाने अवस्था भइरहेकोप्रति गम्भीर ध्यानकर्षण भएको उल्लेख गरे। उनले विधिविधान बिपरित अध्यक्षले गरेको कामलाई सचेत गराउने काम मात्रै गरेको बताए।

आफ्नो पक्षले वारम्वार छलफलका लागि बोलाउदा पनि अध्यक्ष नआएको, आफुखुसी ढंगले कार्यक्रम गर्दै हिडेको संस्थापनइतर समूहको आरोप छ। संस्थापनइतर समूहले अध्यक्ष शेर्पाबाट अव संगठन अघि नबढ्ने जनाएको छ। 

प्रकाशित मिति: १७:११ बजे, बुधबार, फागुन १६, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्