उपनिर्वाचनका लागि फागुन २८ गते मतदाता नामावली प्रकाशन
आयोगले मतदाता विवरणमा रहेका त्रुटि सच्याउने लगायतका उल्लेखित कार्यक्रममा सहभागी हुन आयोगले आह्वानसमेत गरेको छ।
काठमाडौं, फागुन १६ : आगामी वैशाख १५ गते हुने उपनिर्वाचनको लागि निर्वाचन आयोगबाट ‘मतदाता नामावली अद्यावधिक तथा अन्तिम नामावली प्रकाशन कार्यक्रम, २०८०’ स्वीकृत भएको छ।
आयोगले जनाए अनुसार उक्त कार्यक्रम अन्तर्गत आगामी फागुन २८ गते मतदाता नामावली प्रकाशन गरिनेछ। मतदाता नामावलीमा रहेका त्रुटि सच्याउन, दोहोरो नाम हटाउन, मृत्यु भएका वा नागरिकता त्याग गरेका मतदाताको नाम हटाउन र झुट्टा विवरण दिई नाम समावेश भएको भए उजुरी दिन फागुन २९ गतेदेखि चैत्र ५ गतेसम्मको अवधि तोकिएको छ।
आयोगले मतदाता विवरणमा रहेका त्रुटि सच्याउने लगायतका उल्लेखित कार्यक्रममा सहभागी हुन आयोगले आह्वानसमेत गरेको छ।
प्रकाशित मिति: १७:०२ बजे, बुधबार, फागुन १६, २०८०
प्रतिक्रिया दिनुहोस्
थप समाचार












