Kathmandu Press

संखुवासभाको सिलीचोङ मा तीन दिने बृहत् स्वास्थ्य शिविर

हेल्पिङ ह्यान्डस् हेल्थ एण्ड एजुकेसनको प्राविधिक सहयोग तथा संखुवासभाको सिलीचोङ गाउँपालिकाको आयोजनामा तीनदिने बृहत स्वास्थ्य शिविर सुरु भएको हो।
संखुवासभाको सिलीचोङ मा तीन दिने बृहत् स्वास्थ्य शिविर

संखुवासभा, फागुन १६ : संखुवासभाको सिलीचोङ गाउँपालिकामा तीनदिने बृहत् स्वास्थ्य शिविर सुरु भएको छ।

हेल्पिङ ह्यान्डस् हेल्थ एण्ड एजुकेसनको प्राविधिक सहयोग तथा संखुवासभाको सिलीचोङ गाउँपालिकाको आयोजनामा तीनदिने बृहत स्वास्थ्य शिविर सुरु भएको हो।

शिविरमा स्त्रीरोग विशेषज्ञ, जनरल विशेषज्ञ, दन्त विशेषज्ञ, आँखा विशेषज्ञ, बालरोग विशेषज्ञ सेवा, निशुल्क सुगर जाँच, भिडियो एक्सरे तथा निशुल्क औषधी वितरण हुने जनाइएको छ।

स्वास्थ्य जाँच गर्न जिल्ला र जिल्ला बाहिरबाट धेरै सर्वसाधारणहरु शिविरमा पुगेका छन्। हेल्पिङ ह्यान्डस् हेल्थ एण्ड एजुकेशनका संस्थापक अन्तर्राष्ट्रिय अध्यक्ष एवं समाजसेवी नारायण श्रेष्ठले सेवा लिन आउने सबैलाई सहज रुपमा सेवा प्रदान गर्ने बताए। गाउँका सर्वसाधारणलाई सेवा दिनका लागि बृहत स्वास्थ्य शिविर सञ्चालन गरिएको उनको भनाइ छ।

त्यस्तै सिलीचोङ गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख दिपेन्द्र थुलुङले फाल्गुन १८ गतेसम्म शिविर चल्ने जानकारी दिनुभयो। १० हजार जनसंख्या रहेको पालिकाका धेरै सर्वसाधारणहरुले लाभ लिन सक्ने उनले बताए।

बृहत स्वास्थ्य शिविरलाई  खाँदबारी ९ तुम्लिङटारस्थीत मनकामना अस्पताल र खाँदवारी १ स्थीत गोपाल भगत मेमोरियल अस्पतालले समेत प्राविधिक सहयोग गरेको आयोजकले जनाएको छ। 

प्रकाशित मिति: १६:३१ बजे, बुधबार, फागुन १६, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्