Kathmandu Press

निषेधाज्ञा तोड्ने महतोको कार्यक्रममा लछारपछार र लाठीचार्ज   

महोतसँगै निषेधित क्षेत्र तोड्न सुमन सायमीसहितका अभियन्ता समेत माइतीघर मण्डला पुगेका थिए। 
निषेधाज्ञा तोड्ने महतोको कार्यक्रममा लछारपछार र लाठीचार्ज   

काठमाडौं, फागुन १६ : लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) परित्याग गर्दै राष्ट्रिय मुक्ति आन्दोलन अभियानमा लागेका राजेन्द्र महतोलाई प्रहरीले लछारपछार गरेको छ ।

माइतीघर मण्डलाको निषेधित क्षेत्र तोड्न पुगेका महतोलाई प्रहरीले लछारपछार गरेको हो। लछारपछार र प्रहरीको लाठीचार्जका कारण महतोसहित केही कार्यकर्ता सामान्य घाइते समेत बनेका छन्।

Hardik ivf

महोतसँगै निषेधित क्षेत्र तोड्न सुमन सायमीसहितका अभियन्ता समेत माइतीघर मण्डला पुगेका थिए। डिल्लीबजार चारखालबाट सुरु भएको आन्दोलन पुतलीसडक, बागबजार घण्टाघर हुँदै भद्रकाली आएपछि प्रहरीले रोकेको थियो।

भद्रकालीदेखि अगाडिको क्षेत्र जिल्ला प्रशासन कार्यालय काठमाडौंले निषेधित क्षेत्र तोकेकाले प्रहरीले आन्दोलनकारीलाई त्यहीँ रोकेको थियो।

प्रकाशित मिति: १६:०५ बजे, बुधबार, फागुन १६, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्