Kathmandu Press

‘सरकार-अदालत मिलेर मिटरब्याज, लघुवित्त र सहकारी पीडितको समस्या समाधान गर्नुपर्छ’

बुधबार बसेको राष्ट्रियसभाको राष्ट्रिय सरोकार तथा समन्वय समितिको बैठकमा प्रधानमन्त्री प्रचण्डले मिटरब्याज पीडितका धेरै समस्या समाधान भएको र केही समस्या मात्र बाँकी रहेको जानकारी गराए।
‘सरकार-अदालत मिलेर मिटरब्याज, लघुवित्त र सहकारी पीडितको समस्या समाधान गर्नुपर्छ’

काठमाडाैं, फागुन १६ : प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मिटरब्याज, लघुवित्त र सहकारी पीडितको समस्याप्रति सरकार गम्भीर रहेको भन्दै सम्बोधन गर्ने प्रयास भइरहेको बताएका छन्।

बुधबार बसेको राष्ट्रियसभाको राष्ट्रिय सरोकार तथा समन्वय समितिको बैठकमा प्रधानमन्त्री प्रचण्डले मिटरब्याज पीडितका धेरै समस्या समाधान भएको र केही समस्या मात्र बाँकी रहेको जानकारी गराए।

Hardik ivf

उनले बाँकी रहेका समस्या सरकारको कारणभन्दा अदालती प्रक्रियाबाट समाधान गर्नुपर्ने प्रकृतिको रहेको बताए। मिटरब्याजीहरुले कपाली तमसुक र अन्य कागजात पनि बनाएकाले अदालतबाट फैसला उनीहरुकै पक्षमा आउने देखिएको उनकाे भनाइ थियाे। यो विषयको गहिराइलाई अदालतले पनि राम्रोसँग बुझ्नुपर्ने उनले बताए। ‘सरकार, अदालत सबै मिलेर मात्र यो समस्या समाधान गर्न सकिन्छ। त्यो कोशिस सरकारले गरिरहेको छ,’ उनले भने।

त्यस्तै प्रधानमन्त्री प्रचण्डले रुसी सेनामा रहेका नेपालीहरुको अवस्था बुझ्न रुस सरकारसंग छलफल भइरहेको बताएका छन्। उनले तराई मधेश द्रूतमार्गको प्रस्तान विन्दुको खोकना क्षेत्रमा जग्गा अधिग्रहण गर्ने काममा सहमति खोज्ने काम भइरहेको बताए। उनले वैकल्पिक व्यवस्था गरि मेलम्ची खानेपानीको सहज आपूर्तिको व्यवस्था गरिएको भन्दै मेलम्ची खानेपानीको समस्या दिर्घकालिन रुपमा समाधान गर्ने प्रतिबद्धता जनाए। उनले कुल २४ वटा राष्ट्रिय गौरवका आयोजना मध्ये तीन वटा सम्पन्न भइसकेको र अन्यको पनि निर्माण तीव्र रुपमा भइरहेको जानकारी दिए।

त्यस्तै प्रधानमन्त्री प्रचण्डले संसदीय समितिले दिएको निर्देशन र सुझावहरुलाई सरकारले गम्भीरताका साथ लिएको बताए। उनले प्रदेश समन्वय परिषद्को बैठक बसेर संघीयता कार्यान्वयनको सम्बन्धमा भएको विभिन्न निर्णयहरु कार्यान्वयन भइरहेको जानकारी दिए। 

प्रकाशित मिति: १६:०० बजे, बुधबार, फागुन १६, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्