राजेन्द्र महतोको प्रशिक्षण कार्यक्रममा जसपा नेताहरू सहभागी
उपेन्द्र यादव नेतृत्वको जसपाका नेताहरु महतोको प्रशिक्षण कार्यक्रममा सहभागी भएका हुन्।
काठमाडौं, फागुन १६ : आफैले स्थापना गरेको लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपाल त्याग्दै राष्ट्रिय मुक्ति क्रान्ति अभियान सुरु गरेका राजेन्द्र महतोले आयोजना गरेको प्रशिक्षण कार्यक्रममा जनता समाजवादी पार्टीका नेताहरू पनि सहभागी भएका छन्।
उपेन्द्र यादव नेतृत्वको जसपाका नेताहरु महतोको प्रशिक्षण कार्यक्रममा सहभागी भएका हुन्। जसपाका केन्द्रीय सदस्यहरू रामबच्चन यादव, ओमप्रकाश यादव (गुल्जारी) र ओमप्रकाश यादव र रामनरेश राय यादव महतो नेतृत्वको राष्ट्रिय मुक्ति क्रान्ति अभियान अन्तर्गतको प्रशिक्षण कार्यक्रममा संलग्न भएका हुन्। अभियानका लागि तीनदेखि काठमाडौँमा चलेको प्रशिक्षण कार्यक्रममा ती नेताहरुले सहभागीता जनाएको बताइएको छ।
यसअघि जसपाबाट लोसपा फुट्दा रामनरेश राय यादवले उपेन्द्र यादवलाई साथ दिएका थिए। लोसपाबाट विद्रोह गरेर नयाँ अभियानको नतृत्व गरेका महतोले नयाँ पार्टी बनाउने तयारीका लागि जसपालगायत पनर्टीमा असन्तुष्टलाई भित्र्याउने प्रयासमा लागेका छन्।












