Kathmandu Press

जबजको वैचारिक तथा सैद्धान्तिक कार्यदिशामा नेकपा एसकाे जोड

पार्टीका अध्यक्ष माधवकुमार नेपालको अध्यक्षतामा बसेको बैठकमा अधिकांश नेताले जनताको बहुदलीय जनवाद (जबज) को वैचारिक तथा सैद्धान्तिक कार्यदिशामा जोड दिएको पार्टी केन्द्रीय प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले जानकारी दिए।
जबजको वैचारिक तथा सैद्धान्तिक कार्यदिशामा नेकपा एसकाे जोड

काठमाडौं, फागुन १६ : नेकपा एकीकृत समाजवादीको आसन्न १०औँ राष्ट्रिय महाधिवेशनका लागि आज दस्तावेज मस्यौदा समितिको बैठक बसेको छ। बैठकमा पार्टीको आदर्श, वैचारिक दृष्टिकोण, कार्यदिशा, आगामी दिनमा सञ्चालन गर्ने राजनीतिक गतिविधि, कार्ययोजनाबारे छलफल गरिएको छ।

पार्टीका अध्यक्ष माधवकुमार नेपालको अध्यक्षतामा बसेको बैठकमा अधिकांश नेताले जनताको बहुदलीय जनवाद (जबज) को वैचारिक तथा सैद्धान्तिक कार्यदिशामा जोड दिएको पार्टी केन्द्रीय प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले जानकारी दिए। बैठकमा वर्तमान सङ्कटको वस्तुगत विश्लेषण र समाधानका योजनामा छलफल केन्द्रित गरिएको छ।

Hardik ivf

मङ्गलबार बसेको बैठकमा छलफल बाँकी रहेकाले स्थगित भएकामा दस्तावेज तयारीका लागि अहिलेसम्म भएका गतिविधिका साथै विधान सम्मेलनका सुझावलाई कसरी समेट्ने, देशभरबाट सङ्कलन भएका के कस्ता सुझाव समावेश गर्ने विषयमा कार्यदिशालगायत विविध विषयमा आज नेताहरुले धारणा राखेका छन्।

पार्टीले मस्यौदामाथि सुझाव सङ्कलन गर्न उक्त मस्यौदा जिल्ला तहका कार्यकर्तालाई पठाइसकिएको जनाइएको छ। उनीहरूका सुझाव समावेश गरी दस्तावेज तयार गरिने छ। दस्तावेज तयारीका लागि पार्टीले अध्यक्ष नेपालको नेतृत्वमा २७ सदस्यीय समिति गठन गरेको थियो। समितिमा सदस्यमा पार्टीको सचिवालयका सबै सदस्य र सात प्रदेशका इन्चार्जहरुलाई समावेश गरिएको छ। 

जबजलाई अवलम्बन गर्ने वा समाजवादीको कार्यक्रमलाई जोड दिने विषयमा नेताहरुबीच मत भिन्नता देखिएको छ। 

प्रकाशित मिति: १५:२६ बजे, बुधबार, फागुन १६, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्