इपिजी प्रतिवेदन नेपाल र भारत सरकारले एकसाथ बुझ्ने गृहकार्य
प्रचण्डले दुवै देशको सहमतिमा ईपीजी गठन भएकाले प्रतिवेदन पनि दुबै सरकारले एकै चोटी बुझेर घोषणा गर्ने बताए। प्रधानमन्त्री प्रचण्डले राष्ट्रिय सभाको राष्ट्रिय सरोकार तथा समन्वय समितिमा उक्त कुरा बताएका हुन्।
काठमाडौं, फागुन १६ : प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेपाल भारत प्रबुद्ध व्यक्ति समूह (ईपीजी) को प्रतिवेदन दुबै सरकारले एकसाथ बुझ्ने गृहकार्य भइरहेको भनाई राखेका छन्।
प्रचण्डले दुवै देशको सहमतिमा ईपीजी गठन भएकाले प्रतिवेदन पनि दुबै सरकारले एकै चोटी बुझेर घोषणा गर्ने बताए। प्रधानमन्त्री प्रचण्डले राष्ट्रिय सभाको राष्ट्रिय सरोकार तथा समन्वय समितिमा उक्त कुरा बताएका हुन्।
नेपाल र भारतबीच सीमा लगायतका समस्या पहिचान गरी समाधानको उपाय पत्ता लगाउन नेपाल–भारत प्रवुद्ध व्यक्ति समूह गठन गरिएको थियो।
दुवै मुलुकका चार चारजना प्रवुद्ध व्यक्ति समूह संलग्न ईपीजीले प्रतिवेदन तयार पारे पनि सार्वजनिक हुन सकेको छैन।
राष्ट्रिय सभाको राष्ट्रिय सरोकार तथा समन्वय समितिमा पुगेका प्रचण्डले भने, ‘ईपीजी सहमतिबाट गठन भएको र प्रतिवेदन तयार भएको हुनाले दुबै सरकारले एकैचोटी सहमतिबाट नै त्यो बुझ्ने र घोषणा गर्ने गर्दा राम्रो हुन्छ भनेर आन्तरिक गृहकार्य चलिरहेको छ।’