Kathmandu Press

संघीय निजामती ऐन संसद्मा दर्ता गर्ने तयारीमा छौं : प्रधानमन्त्री 

बुधबार बसेको राष्ट्रिय सभा अन्तर्गतको राष्ट्रिय सरोकार तथा समन्वय समितिकोे बैठकमा प्रधानमन्त्री दाहालले, मन्त्रिपरिषद्को बैठकले संघीय निजामती ऐनलाई टुङ्ग्याइसेकेको भन्दै त्यसलाई सदनमा प्रस्तुत  गर्ने अन्तिम तयारी भइरहेको बताएका हुन्। 
संघीय निजामती ऐन संसद्मा दर्ता गर्ने तयारीमा छौं : प्रधानमन्त्री 

काठमाडौं, फागुन १६ : प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संघीय निजामती ऐन संसद्मा ल्याउने तयारी भइरहेको जानकारी दिएका छन्। 

बुधबार बसेको राष्ट्रिय सभा अन्तर्गतको राष्ट्रिय सरोकार तथा समन्वय समितिकोे बैठकमा प्रधानमन्त्री दाहालले, मन्त्रिपरिषद्को बैठकले संघीय निजामती ऐनलाई टुङ्ग्याइसेकेको भन्दै त्यसलाई सदनमा प्रस्तुत  गर्ने अन्तिम तयारी भइरहेको बताएका हुन्। 

Hardik ivf

सरकारको मुख्य जोड नै भ्रष्टाचार नियन्त्रण रहेको भन्दै  सुशासनलाई केन्द्रमा राखेर काम गरिरहेको दाहालको दाबी थियो।   
उनले भने, ‘मेरो नेतृत्वको सरकारको मुख्य जोड नै भ्रष्टाचार नियन्त्रण,सबै तहमा विकास चुस्त र गतिशिल बनाउने , लोकतान्त्रिक पद्धतिको सुदृढीकरण गर्ने र शान्ति प्रक्रियालाई यथाशीघ्र तार्किक निष्कर्षमा पुर्‍याउने, स्वतन्त्र र सन्तुलित परराष्ट्र नीतिलाई अवलम्बन गर्दै राष्ट्रियहितको रक्षा गर्न प्रतिबद्ध सरकार रहेको छ।’

प्रधानमन्त्री दाहालले तीन तहका सरकारले सञ्चालन गर्ने आयोजनाहरुको प्राविधिक जटिलताको आधारमा आयोजना वर्गिकरण मापदण्ड २०८० स्वीकृत गरी कार्यान्वयनमा ल्याइएको पनि जानकारी दिए। 

उनले भने,‘तीन तहका सरकारले सञ्चालन गर्ने आयोजनाहरुको बजेट सिलिङ ,विषय क्षेत्र र प्राविधिक जटिलताको आधारमा आयोजना वर्गिकरण मापदण्ड २०८० स्वीकृत गरी कार्यान्वयनमा ल्याइएको छ।’   
 
प्रकाशित मिति: १५:२२ बजे, बुधबार, फागुन १६, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्