सत्तापक्ष र प्रतिपक्षविच सहमती नजुटेपछि बागमती प्रदेशसभा बैठक स्थगित
प्रदेशसभा बैठक बिहान साढे ११ बजेका लागि बैठक बोलाइएको थियो। प्रतिपक्षमा रहेका दल नेकपा एमाले र राप्रपाले बैठक अवरुद्ध गर्ने तयारीपछि सरकारले एमाले र राप्रपासँग वार्ता गरेको थियो।
काठमाडौं, फागुन १६ : बुधबारका लागि बोलाइएको बागमती प्रदेशसभा बैठक सत्तापक्ष र प्रतिपक्षका दलहरुबीचको वार्तामा सहमति नजुटेपछि स्थगित भएको छ।
प्रदेशसभा बैठक बिहान साढे ११ बजेका लागि बैठक बोलाइएको थियो। प्रतिपक्षमा रहेका दल नेकपा एमाले र राप्रपाले बैठक अवरुद्ध गर्ने तयारीपछि सरकारले एमाले र राप्रपासँग वार्ता गरेको थियो।
वार्तामा सहमती नजुटेपछि बैठक पुनः बिहीवार बस्ने सहमति भएको छ। मुख्यमन्त्री शालिकराम जम्कट्टेल भने छलफलमा नआएको बताइएको छ। विपक्षी दलले मुख्यमन्त्रीको उपस्थिति बिना सहमति हुन नसक्ने अडानमा छन्। मंगलबार बागमती प्रदेशसभाको हिउँदे अधिवेशनको पहिलो बैठक बसेको थियो।
बागमती सरकारले बजेटमा सत्तारुढ र विपक्षी सांसदहरुबीच विभेद गर्दै प्रभावशाली नेताहरुको गृह जिल्लामा मात्र बजेट लगेको लगायत आरोप लगाउदै विपक्षी दलहरुले प्रदेशसभा अवरुद्ध गरेपछि यसअघि छुटेका योजना समेट्ने सहमति भएको थियो। सहमति कार्यान्वयन नभएको भन्दै एमाले र राप्रपाले विरोध गर्दै आएका छन्।