Kathmandu Press

नेदरल्यान्ड्ससँग नेपाल २ रनले पराजित

नेपाल २० ओभरमा ८ विकेट गुमाउँदै १८२ रन मात्र बनाउन सफल भयो।
नेदरल्यान्ड्ससँग नेपाल २ रनले पराजित

काठमाडौं, फागुन १६ : त्रिकोणात्मक टी-२०आई सिरिजअन्तर्गत नेदरल्यान्ड्सविरूद्धकाे खेलमा नेपाल २ रनले पराजित भएकाे छ।

त्रिवि क्रिकेट मैदानमा  १८५ रनको लक्ष्य पछ्याएको नेपाल दीपेन्द्र सिंह ऐरीले उत्कृष्ट खेल प्रदर्शन गर्दागर्दै आउट हुँदा पराजित हुन पुगेकाे हाे। नेपाल २० ओभरमा ८ विकेट गुमाउँदै १८२ रन मात्र बनाउन सफल भयो।

Hardik ivf

सिरिजमा नेपाल लगातार दोस्रो खेलमा पराजित भएकाे हाे। मंगलबार भएको पहिलो खेलमा नेपालले नामिबियासँग २० रनले पराजित भएको थियो। नेपालले भाेलि नामिबिया र शनिबार नेदरल्यान्ड्ससँग खेल्नेछ।

नेपालका लागि दीपेन्द्रसिंहले ३४ बलमा ६ चौका र ३ छक्काको मद्दतमा ६३ रन जोडे। कप्तान रोहितकुमार पौडेलले पनि अर्धशतक प्रहार गरे। उनले ३५ बलमा ६ चौका र २ छक्का प्रहार गरे। रोहितको यो छैटौं टी-२० अन्तर्राष्ट्रिय अर्धशतक हो। अर्धशतक प्रहार गरे लगत्तै रोहित आउट भए। कुशल मल्ल ११ रन र सन्दीप जोरा ८ रनमै आउट हुँदा सोमपाल कामीले खाता नै खोल्न सकेनन्।

ओपनिङ ब्याटर आसिफ शेख दोस्रो विकेटका लागि कप्तान रोहित पौडेलसँग ६५ रनको साझेदारी गरेर आउट भए। नवौं ओभरमा आउट भएका उनले २३ बलमा ४ चौका र १ छक्काको मद्दतमा ३४ रन जोडे। अर्का ओपनर कुशल भुर्तेल चौथो बलमै शून्यमा आउट भए।

नेदल्यान्ड्सका रुलोफ वान डेर मेरवे र साइब्रान्ड एनगेलब्रेक्टले समान दुई विकेट लिए भने आर्यन दत्त, विलियन किंग्मा र टिम वान डेरले समान एक एक विकेट लिएका थिए। त्यसअघि पहिले ब्याटिङ गरेको नेदरल्यान्ड्सले निर्धारित ओभरमा ४ विकेट गुमाएर १ सय ८४ रन बनाएको थियो।

नेदरल्याण्ड्सका माइकल लेविटले ५४ रनको अर्धशतकीय इनिङ्स खेले। नेपालका करन केसी र कुशल मल्लले समान एक एक विकेट लिए।

प्रकाशित मिति: १५:०१ बजे, बुधबार, फागुन १६, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्