खगराज भट्ट संसदीय दलको नेता र इन्चार्ज दुवै पदबाट मुक्त
बुधबार बसेको माओवादी केन्द्रको स्थायी कमिटी बैठकले भट्टलाई दलको नेताबाट हटाउने संसदीय दलका बहुमत सदस्यको निर्णयमा सहमति जनाएपछि भट्ट पदमुक्त भएका हुन्।
काठमाडौं, फागुन १६ : नेकपा माओवादी केन्द्रले स्थायी कमिटी सदस्य खगराज भट्टलाई सुदूरपश्चिम संसदीय दलको नेता र इन्चार्ज दुवै पदबाट मुक्त गरेको छ।
बुधबार बसेको माओवादी केन्द्रको स्थायी कमिटी बैठकले भट्टलाई दलको नेताबाट हटाउने संसदीय दलका बहुमत सदस्यको निर्णयमा सहमति जनाएपछि भट्ट पदमुक्त भएका हुन्। उनलाई सुदूरपश्चिम प्रदेश इन्चार्जको जिम्मेवारीबाट पनि हटाइएको छ।
तर उक्त निर्णयमा माओवादी केन्द्रका उपमहासचिव जनार्दन शर्माले भने लिखित रुपमै असहमति जनाएका छन्। गत माघमा भट्टलाई संसदीय दलको नेताबाट हटाएर मानबहादुर धामीलाई संसदीय दलको नेता बनाएको थियो। तर केन्द्रको हस्तक्षेपपछि उक्त निर्णय रोकिएको थियो।
प्रकाशित मिति: १४:११ बजे, बुधबार, फागुन १६, २०८०
प्रतिक्रिया दिनुहोस्
थप समाचार












