Kathmandu Press

चितवनको रोटरी मिनी म्याराथन २०२४ को सम्पूर्ण तयारी पूरा

उक्त प्रतियोगिता यही फागुन १९ गते चितवनको नारायणगढ नारायणी नदी किनार बाट सुरु हुने बुधवार चितवनमा आयोजित पत्रकार सम्मेलनमा जानकारी दिएको हो।
चितवनको रोटरी मिनी म्याराथन २०२४ को सम्पूर्ण तयारी पूरा

चितवन, फागुन १६ : चितवनको रोटरी क्लब अफ रत्ननगरको आयोजनमा हुन लागेको रोटरी मिनी म्याराथन २०२४ को सम्पूर्ण तयारी पुरा भएको छ।

चितवन, फागुन १६ : उक्त प्रतियोगिता यही फागुन १९ गते चितवनको नारायणगढ नारायणी नदी किनार बाट सुरु हुने बुधवार चितवनमा आयोजित पत्रकार सम्मेलनमा जानकारी दिएको हो। उक्त अवसरमा प्रतियोगितामा २ बिधामा धावकहरुले प्रतिस्पर्धा  गर्ने प्रतियोगिताका संयोजक विपीन पोख्रेलले बताए।

Hardik ivf

उनले प्रतियोगितामा १५ दशमलव ४ किलोमिटर र ५ किलोमिटरको म्यारथन हुने बताए। दुवै प्रतियोगिताका लागि ६ सय २ जना धावकहरुले नाम दर्ता गराईसकेको उनले जानकारी दिए।

संयोजक पोख्रेलले प्रतियोगितामा राष्ट्रिय धावकहरु नेपाली सेना नेपाल प्रहरी सशस्त्र प्रहरी बल नेपालका राष्ट्र सेवकहरु अति सीमान्तकृत चेपाङ समुदायका धाबकहरूको अतिरिक्त जर्मन र केन्याका धावकहरु समेतको सहभागिता रहने उल्लेख गरे।

प्रतियोगितामा विजयी खुलातर्फका धावकहरु प्रथमले १ लाख चादी मेडल, दोस्राे हुनेले ५० हजार चाँदी मेडल र तृतीयले २५ हजार र चाँदीको मेडल पाउने आयोजकले जनाएको छ। प्रतियोगितामा दुरी पुरा गर्ने चेपाङ धाबकहरुलाई २ हजार नगद प्रदान गरिने संयोजक पोख्रेलले जानकारी दिए।

प्रतियोगिताको  महिला लक्षित ५ किलोमिटर दौड प्रतियोगितामा प्रथमले २० हजार चादीको मेडल, दोस्राे हुनेले १० हजार चादीको मेडल र तृतीयले ५ हजार र चादीको मेडल पाउनेछन्।

प्रकाशित मिति: १३:४९ बजे, बुधबार, फागुन १६, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्