Kathmandu Press

अहिलेको गठबन्धन कुनै पनि बेला फुट्न सक्छ : ओली

बुधबार विराटनगर विमानस्थलमा सञ्चारकर्मीसंग कुरा गर्दै ओलीले गठबन्धन खरानीको डल्लो भएकाले कुनै पनि बेला फुट्न सक्ने बताएका हुन्।
अहिलेको गठबन्धन कुनै पनि बेला फुट्न सक्छ : ओली

विराटनगर, १६ फागुन : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अहिलेको गठबन्धन कुनै पनि बेला फुट्न सक्ने बताएका छन्।

बुधबार विराटनगर विमानस्थलमा सञ्चारकर्मीसंग कुरा गर्दै ओलीले गठबन्धन खरानीको डल्लो भएकाले कुनै पनि बेला फुट्न सक्ने बताएका हुन्। उनले आफुहरु सत्ताको खेलमा नरहेको स्पष्ट पारे। ओलीले आफुहरु अहिले मिसन ८४ मा लागेकाले कसैको काँध थाप्ने काम नगर्ने तथा जनतामा आशा र उत्साह दिन लागिपरेको बताए।

Hardik ivf

उनले कांग्रेसले मुलुकको राष्ट्रियता र अर्थतन्त्र प्रति चिन्ता नलिएको गुनासो गर्दै कांग्रेस अहिले सत्तामा पुग्ने र टिकाउने खेलमा लागेर मुलुकमा निराशा र अराजकता बढ्दा पनि चुप लागेर बसेको जिकिर गरे।

त्यस्तै उनले सुशासन दिएको दाबी गर्ने सरकारले आफैले बनाएको आयोगले दोषी देखाएका मन्त्रीले राजिनामा दिएर नैतिकता देखाउनु पर्ने धारणा राखे। उनले सत्य निरुपण तथा मेलमिलाप विधेयक छिटो पास गर्नुपर्ने बताउदै पिडितको पक्षमा आएको विधेयकको कसैले विरोध नगर्ने जिकिर गरे।

अध्यक्ष ओलीले संविधान संसोधन आवश्यक भएपनि एजेण्डाविहिन रुपमा संसोधन हुन नसक्ने बताए। उनले कुनकुन विषयमा संविधान संसोधन गर्ने विषय सतहमा नआएकाले आफूहरुले चर्चा नगर्ने गरेको बताए।  

प्रकाशित मिति: १२:५४ बजे, बुधबार, फागुन १६, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्