Kathmandu Press

माओवादी केन्द्रले राष्ट्रियसभा अध्यक्ष पदमा उम्मेदवारी दिने

बैठकमा अधिकांश स्थायी कमिटी सदस्यहरुले राष्ट्रियसभा अध्यक्षमा उम्मेदवारी दिनुपर्ने मत राखेका थिए।
माओवादी केन्द्रले राष्ट्रियसभा अध्यक्ष पदमा उम्मेदवारी दिने

काठमाडौं, फागुन १६ : माओवादी केन्द्रले राष्ट्रियसभा अध्यक्ष पदमा उम्मेदवारी दिने निर्णय गरेको छ।

माओवादी केन्द्रको बुधबार बिहान बसेको स्थायी कमिटी बैठकले राष्ट्रियसभा अध्यक्षमा आफ्नो दलबाट पनि उम्मेदवार उठाउने निर्णय गरेको हो।

Hardik ivf

बैठकमा अधिकांश स्थायी कमिटी सदस्यहरुले राष्ट्रियसभा अध्यक्षमा उम्मेदवारी दिनुपर्ने मत राखेका थिए।

यता कांग्रेसले भने माओवादीको पनि समर्थन रहेको भन्दै राष्ट्रियसभा सदस्य कृष्णप्रसनद सिटौलालाई अध्यक्षका रूपमा अघि सार्ने चर्चा छ।

माओवादी केन्द्रले आगामी निर्वाचनमा कसैसँग गठबन्धन नि नगर्ने भएको छ। आजको बैठकले एक्लै निर्वाचन लड्ने निर्णय गरेको हो। ‘अब आउने निर्वाचनमा हाम्रो पार्टीले सिंगल नै प्रतिस्पर्धा गर्नेछ। यो विषय कार्यनीतिक विषय हो। रणनीतिक विषय होइन।’

प्रकाशित मिति: १२:०२ बजे, बुधबार, फागुन १६, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्