राष्ट्रिय सरोकार समितिमा आज प्रधानमन्त्री दाहालले जवाफ दिने

काठमाडौं, फागुन १६: राष्ट्रिय सभाको राष्ट्रिय सरोकार तथा समन्वय समितिको बैठक आज बस्दैछ । मंगलबार समितिको बैठक बोलाइएको भएपनि अन्तिम समयमा स्थगित भएको थियो ।
बुधबार सिंहदरबारस्थित समितिको हलमा बिहान ११ बजे पुनः बैठक बोलाइएको हो । आजको बैठकमा समितिमा उठेका सवाल र निर्देशनहरूका विषयमा प्रधानमन्त्री पुष्पकमल दाहालले जवाफ दिने कार्यसूची रहेको छ ।
विगतमा समितिले नेपाल सरकारलाई दिएका निर्देशन र ध्यानाकर्षण गराएका विषयहरुको हालसम्मको कार्यान्वनयको अवस्था साथै समितिको निरन्तर छलफलबाट पहिचान गरिएका सवालहरुमा छलफल गर्न प्रधानमन्त्री दाहाललाई बोलाइएको र बैठकमा प्रधानमन्त्रीले जवाफ दिने कार्यक्रम रहेको समितिले जनाएको छ ।
प्रकाशित मिति: १०:२५ बजे, बुधबार, फागुन १६, २०८०
प्रतिक्रिया दिनुहोस्
थप समाचार












-1755255383.jpg)