Kathmandu Press

इलाममा लाइभ कन्सर्ट गर्दै नेपथ्य समूह

इलाममा लाइभ कन्सर्ट गर्दै नेपथ्य समूह

विराटनगर, फागुन १५ः चर्चित सांगीतिक समूह नेपथ्यले आगामी चैत ३ गते शनिबार इलाममा लाइभ कन्सर्ट सांगीतिक कार्यक्रम गर्ने भएको छ । 

इलामको सूर्योदय नगरपालिकास्थित करफोक माध्यमिक विद्यालयको खेल मैदानमा नेपथ्यले आफ्नो प्रस्तुति दिने भएको हो ।

न्युपी थर्पा छोलिङ गुम्बा निर्माण सहयोगार्थ गुम्बा समितिको आयोजनामा कार्यक्रम गरिने पत्रकार सम्मेलन आयोजना गरी आयोजकले जानकारी दिएको छ ।

‘न्युपी थर्पा छोलिङ गुम्बा निर्माण सहयोगार्थ हामीले कार्यक्रम आयोजन गर्न लागेका छौं’ कार्यक्रम आयोजक न्युपी थर्पा छोलिङ गुम्बाका हरि गुरुङले भने, ‘संगीतका माध्यमबाट समेत इलाममा पर्यटन विकास गर्न सकिन्छ भन्ने विश्वासमा समेत यो कार्यक्रम गर्न लागेका छौं।’

कार्यक्रमका लागि अनलाइन र मास टिकट बिक्री सुरु भइसकेको गुरुङले बताए । टिकटको मूल्य एक हजार एक सय कायम गरिएको उनले बताए ।

करिब पाँच हजार दर्शकले टिकट काटेर कार्यक्रम हेर्ने आयोजकको अपेक्षा छ ।

‘टिकट बिक्री सुरु भएको छ हामीले कम्तीमा पाँच हजार दर्शक कार्यक्रम हेर्न आउने अपेक्षा गरेका छौं,’ गुरुङले भने ।

कार्यक्रममा नेपथ्यका अगुवा कलाकार अमृत गुरुङलगायत कलाकार, बाद्यवादक एवं प्राविधिकहरुको सहभागिता रहने जनाइएको छ ।

प्रकाशित मिति: २०:०७ बजे, मंगलबार, फागुन १५, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्