Kathmandu Press

मुलुकमा सुशासन कायम गर्न संसदको भूमिका महत्वपूर्ण 

मंगलबार सिंहदरबारमा भएको छलफलमा समिति सदस्यहरुले मुलुकमा सुशासन कायम गर्नका निम्ती संसदको भूमिका महत्वपूर्ण हुने तर्क राखे। 
मुलुकमा सुशासन कायम गर्न संसदको भूमिका महत्वपूर्ण 

काठमाडौं, फागुन १५ : राष्ट्रिय सभाको दिगो विकास तथा सुशासन समितिमा सुशासनका लागि विधिको शासन आवश्यक विषयमा छलफल भएको छ। मंगलबार सिंहदरबारमा भएको छलफलमा समिति सदस्यहरुले मुलुकमा सुशासन कायम गर्नका निम्ती संसदको भूमिका महत्वपूर्ण हुने तर्क राखे। 

त्यस्तै, समितिले मुलुकमा सुशासन कायम गर्नका निम्ति बनेको कानूनको संशोधन र पुनरावलोकन गर्न सरकारलाई निर्देशन दिने भएको छ।  समिति सभापति प्रकाश पन्थले बैठकमा सुशासन कायम गर्नका लागि विधिको शासन आवश्यक रहेको निष्कर्ष निकाल्दै सुशासनका लागि बनेको ऐन र कानून संशोधन र पुनरावलोकन गर्न निर्देशन दिने निर्णय गरेको बताए। 

Hardik ivf

यसअघि राष्ट्रिय सभा सदस्य वामदेव गौतमले बैठकमा बोल्दै सांसदहरु संसदको नियम र कानून अनुसार चल्नुपर्ने बताए। उनले भने, ‘सांसदहरु प्नि नियम अनुसार चल्नुपर्छ। सांसदहरुका लागि समय ज्यादै महत्वपूर्ण हुन्छ। हल्ला गरेर, ज्यादा बोलेर जसरी पनि आफ्ना विषय राख्ने भए संसद गतिशिल हँुदैन्। हाम्रो संसद पितापुर्खाले जनताका हक र अधिकारहरुका लागि संघर्ष गर्दै आउँदा विकसित भएको सांस्कृतिक पहिचान हो। त्यसकारण कमी कमजोरी औल्याएर संसद, संविधान र नियमअनुसार चल्नुपर्छ।’

जनताबाट निर्वाचित भएका सांसदहरुले जनताको न्याय र हकका निम्ति गतिशिलता देखाउनुपर्ने उनको भनाइ छ।
उनले अघि भने, ‘मैंले अध्ययन गरेका दुईवटा कुरा के हुन् भने एउटा जनता र उनीहरु आफैले पालना गर्नुपर्ने कानन निर्माण हो। दोस्रो सरकारले गर्ने खर्च, लगाउने कर जनताका लागि संविधानले दिएको अधिकार हो। यसको कार्यान्वयन ठिक हिसाबले गर्नुपर्दछ। कर र खर्च व्यवस्थापन संसदले व्यवस्थापन गर्नुपर्छ।’

संघीय संसदअन्तर्गत प्रतिनिघि सभा मर्यादित नभएको मात्रै नभै अहिलेको जति अराजक कुनै संवैधानिक निकाय नभएको बताए। 
उनले भने, ‘अहिलेको अवस्था राष्ट्रिसभा मर्यादित छ। प्रतिनिधि सभा मर्यादित हुन सकेको छैन्। अहिलेको जत्तिको प्रतिनिधि सभा अराजक अरु छैन। सभामुखको काम तत्कालिन सभामुख दमननाथ ढुंगाना जति कसैले गर्न सकेको छैन्।’

प्रकाशित मिति: १७:२५ बजे, मंगलबार, फागुन १५, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्