Kathmandu Press

‘भक्तराज आचार्यको योगदानलाई जीवन्त राख्नेछौं’

मंगलबार भक्तराज आचार्यको श्रद्धान्जली सभामा उनले उक्त विश्वास व्यक्त गरेका हुन्।
‘भक्तराज आचार्यको योगदानलाई जीवन्त राख्नेछौं’

काठमाडौं, फागुन १५ : प्रधानमन्त्री पुष्पकामल दाहाल प्रचण्डले भक्तराज आचार्यको उपचारको क्रममा भएको खर्च र आगामी दिनमा गर्नुपर्ने कार्यको लागि आवश्यक सहयोग गर्ने विश्वास व्यक्त गरेका छन्। मंगलबार भक्तराज आचार्यको श्रद्धान्जली सभामा उनले उक्त विश्वास व्यक्त गरेका हुन्।

उनले भने, ‘मेरो तर्फबाट र नेपाल सरकारको तर्फबाट हार्दिक श्रद्धान्जली अर्पण गर्न चाहन्छु। सबैमा समवेदन व्यक्त गर्न चहान्छु, उहाँले गीत संगीतको क्षेत्रमा जुन योगदान गर्नुभएको छ त्यो अमर नै रहन्छ। त्यसले संगीतको क्षेत्रलाई प्रेरणा र दिशा निर्देश गर्नेछ। उहाँको उपचारको क्रममा भएको खर्च र आगामी दिनमा गर्नपर्ने कामको लागि परिवारका सदस्यसँग कुराकानी गरेर जे गर्न सकिन्छ सरकारको तर्फबाट त्यो सहयोग हुने विश्वास व्यक्त गर्न चाहन्छु।’

Hardik ivf

पर्यटन, संस्कृती तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले पनि आचार्यप्रति श्रद्धान्जली र परिवारमा गहिरो समवेदना प्रकट गर्दै उनको नाममा केही नयाँ काम गर्ने प्रतिबद्धता व्यक्त गरे। उनले भने, ‘श्रद्धान्जली र परिवारमा गहिरो समवेदना प्रकट गर्दछु। हामीले उहाँको लागि धेरै काम गर्नेछौं। नेपाल सरकार साथ मै छ। उहाँको नाममा केही काम गर्ने प्रतिबद्धता पनि गर्न चाहन्छु।’

नेकपा एमालेका अध्यक्ष केपी ओलीले संगीत जगतको एउटा नक्षेत्र र नेपाली भजनलाई आयाम दिन सफल, जनस्तरमा लोकप्रिय र कलाको क्षेत्रमा असाधारण योगदान पुर्‍याउने व्यक्ति गुमाएको उल्लेख गरे। राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले आचार्यको निधनले अत्यन्तै प्रिय र श्रद्धेय कलाकारलाई देशले गुमाएको उल्लेख गर्दै समवेदना प्रकट गरे।

यस्तै, नेपाली काङ्ग्रेसका महामन्त्री विश्वप्रकाश शर्मा र गगन थापाले पनि श्रद्धान्जली व्यक्त गर्दै भौतिक रुपमा नरहे पनि भावनात्मक रुपमा सधैँ अमर रहने बताए।

प्रकाशित मिति: १६:२३ बजे, मंगलबार, फागुन १५, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्