भरतपुर भ्रमण वर्ष २०२४ को तयारी अन्तिम चरणमा
भरतपुर महानगरपालिकाले मंगलबार चितवनमा पत्रकार सम्मेलन गर्दै फागुन १८ गते बाट सुरु हुन लागेको भरतपुर भ्रमण बर्ष २०२४ तयारी अन्तिम चरणमा पुगेको जनाएको हो।चितवन, फागुन १५ : चितवनमा हुन लागेको भरतपुर भ्रमण वर्ष २०२४ को तयारी अन्तिम चरणमा पुगेको छ।
भरतपुर महानगरपालिकाले मंगलबार चितवनमा पत्रकार सम्मेलन गर्दै फागुन १८ गते बाट सुरु हुन लागेको भरतपुर भ्रमण बर्ष २०२४ तयारी अन्तिम चरणमा पुगेको जनाएको हो।
उक्त भ्रमण वर्षको प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले उदघाटन गर्ने कार्यक्रम रहेको भरतपुर महानगरपालिकाकी प्रमुख रेनु दाहालले बताइन्। उनले भ्रमण वर्षको शुभारम्भ कार्यक्रममा करिब ५० हजार सर्वसाधारणको सहभागिता हुने बताइन्।
उद्घाटन कार्यक्रममा २९ वटा वडा बाट वडाध्यक्षहरुको नेतृत्वमा विद्यालय धार्मिक तथा जनजाति विभिन्न संघसस्था नागरिक समाज जनजातीको झाकी सहितको सहभागिता हुने महानगरले जनाएको छ।
भरतपुर भ्रमण वर्षमा महानगरका पर्यटकीय गन्तब्यहरु लाई राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तरमा प्रवद्र्धन गर्ने पर्यटकको सख्या र बसाईअवधि बृद्धि गर्ने तथा दिगो पर्यटन विकास वाट आर्थीक समृद्धि प्राप्त गर्ने उद्देश्य रहेको महानगर प्रमुख दाहालले बताए।
भरतपुर भ्रमण वर्षमा विभिन्न निजी तथा सघ सस्थाहरुको अगुवाइमा वर्षभरि ५१ वटा कार्यक्रमहरु सञ्चालन हुने दाहालले जानकारी दिए। भ्रमण वर्षमा करिब २ लाख बाह्य पर्यटक तथा ५ लाख आन्तरिक पर्यटकहरुले भरतपुरका पर्यटकीय क्षेत्रहरुको भ्रमण गर्ने आयोजकको अनुमान छ।