Kathmandu Press

संघीय संसद् भवनको पेटीमा हिँड्न रोक

लघुवित्तपीडित संघीय संसद् भवन नयाँ बानेश्वर भित्रै छिरेर प्रदर्शनमा उत्रिएपछि सरकारले सर्वसाधारणलाई समेत पेटीमा हिँड्न रोक लगाएको हो।
संघीय संसद् भवनको पेटीमा हिँड्न रोक

काठमाडौं, फागुन १५ : सरकारले संघीय संसद् भवन नयाँ बानेश्वरमा पेटीमा हिँड्न रोक लगाएको छ।

लघुवित्तपीडित संघीय संसद् भवन नयाँ बानेश्वर भित्रै छिरेर प्रदर्शनमा उत्रिएपछि सरकारले सर्वसाधारणलाई समेत पेटीमा हिँड्न रोक लगाएको हो।

Hardik ivf

सिंहदरबारको पेटीमा पनि निषेधित क्षेत्र लेखेको व्यानर झुण्डाइएपछि आवागमनमा समस्या देखिएको छ। सरकारले संसद् भवनको दक्षिण र पश्चिमतर्फ पेटीबाट आवतजावत गर्न रोकेको छ।  

सोमबार लघुवित्तका ऋणीहरू सुरक्षाकर्मीलाई छलेर संघीय संसद भवन परिसरभित्र पसेपछि सुरक्षा व्यवस्था कडा पार्न पेटीमा हिंड्न रोकिएको हो।

उक्त घटनापछि प्रहरी प्रधान कार्यालयले एसएसपी दिनेशराज मैनालीको नेतृत्वमा तीन सदस्यीय छानबिन समिति समेत गठन गरेको छ। यता जिल्ला प्रशासन कार्यालय काठमाडौंले माइतीघर मण्डलदेखि संसद भवन आसपासमा प्रदर्शन गर्न निषेधित क्षेत्र तोकेको छ।
 

प्रकाशित मिति: १५:४६ बजे, मंगलबार, फागुन १५, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्