Kathmandu Press

धरानमा विमानस्थल बनाउन उपयुक्त छैन : उड्डयन प्राधिकरण

धरानमा विमानस्थल बनाउन उपयुक्त छैन : उड्डयन प्राधिकरण

काठमाडौं, फागुन १५ : नेपाल नागरिक उड्डयन प्राधिकरणले धरानमा विमानस्थल बनाउन उपयुक्त नरहेको बताएकाे छ। मंगलबार एक सूचना जारी गर्दै प्राधिकरणले त्यस्ताे बताएकाे हाे।

तराई तथा भित्री मधेसमा विमानस्थल निर्माण गर्दा निकटस्थ विमानस्थलबाट कम्तीमा ४० नटिकल माइल हुनुपर्ने नीतिगत व्यवस्था रहेकाे जनाउँदै प्राधिकरणले त्यस्ताे अवस्था नदेखिएकाले धरानमा विमानस्थल उपयुक्त नरहेको निष्कर्ष निकालेको हो।

Hardik ivf

आर्थिक विश्लेषणबाट सडक यातायातको सहज उपलब्धता र त्यस क्षेत्रको भौगोलिक अवस्थितिका कारण ‘वान वे अप्रोच’ हुने भएकाले पनि धरानमा विमानस्थल निर्माण सम्भव नरहेको प्राधिकरणको भनाइ छ।

धरानमा हवाई यातायातको दीर्घकालीन, नियमित र व्यावसायिक सम्भावना नरहेको बताउँदै प्राधिकरणले त्यहाँ विमानस्थल सञ्चालनमा ल्याए विभिन्न प्राविधिक कठिनाइ देखिने जनाएको छ।

धरानमा विमानस्थल बनाउनुपर्ने भन्दै धरान उपमहानगरपालिका मेयर हर्क साङ्पाङले चर्को दबाब दिँदै आएका छन्।सरकारले एक समिति बनाएर धरानमा विमानस्थल आवश्यक रहे/नरहेको बारे अध्ययन गरेको थियो।

प्रकाशित मिति: १५:२५ बजे, मंगलबार, फागुन १५, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्