Kathmandu Press

‘टेरामक्स’ खरिद प्रकरणमा चाँडै रिजल्ट आउँछ : प्रमुख आयुक्त राई 

प्रतिनिधिसभाको सार्वजनिक लेखा समितिको मंगलबारको बैठकमा प्रमुख आयुक्त राईले उक्त जानकारी दिएका हुन्। उनले भ्रष्टाचार प्रकरणमा बयान लिने काम सकिएको पनि बताए।
‘टेरामक्स’ खरिद प्रकरणमा चाँडै रिजल्ट आउँछ : प्रमुख आयुक्त राई 

काठमाडौं, फागुन १५ : अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेम कुमार राईले ‘टेरामक्स’ खरिद प्रकरणमा अनुसन्धान सकिने चरणमा पगेको बताएका छन्। 

प्रतिनिधिसभाको सार्वजनिक लेखा समितिको मंगलबारको बैठकमा प्रमुख आयुक्त राईले उक्त जानकारी दिएका हुन्। उनले भ्रष्टाचार प्रकरणमा बयान लिने काम सकिएको पनि बताए।

Hardik ivf

समितिको बैठकमा जानकारी दिँदै राईले भने, ‘टेरामक्स खरिदमा बयान टुंगो लागेको छ। केही समयमा रिजल्ट आउँछ। अहिले अध्ययन अनुसन्धानको काम भइरहेको छ। अन्तिम चरणमा छौँ।’ 

अख्तियारमा हाल २८ हजार उजुरी रहेको बताउँदै राईले टेरामक्ससहित आईटी, सूचना प्रविधिमा पनि अनुसन्धान भइरहेको बताए। यस्तै वाइडबडी जहाज खरिद प्रकरणको अनुसन्धान भइरहेको पनि राईले जानकारी दिए।

वाइडबडी भ्रष्टाचार प्रकरणमा अन्य मुलुकबाट सूचना लिन सरकारले सहमति गरिदिनुपर्ने अवस्था रहेको पनि उनले बताए। यस्तै, सेक्युरिटी प्रिन्टिङ प्रेस, अडियो प्रकरणको पनि छानबिन चलिरहेको राईको भनाइ छ। 
 
प्रकाशित मिति: १५:२२ बजे, मंगलबार, फागुन १५, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्