Kathmandu Press

मिटरब्याज पीडितको आन्दोलनमा जसपाको ऐक्यबद्धता

जसपाले मिटरब्याज पीडितहरुले भृकुटीमण्डबाट सुरु गर्न लागेको मार्चपासमा सहभागी भएर उनीहरुको आन्दोलनप्रति ऐक्यबद्धता जनाउन लागेको हो।
मिटरब्याज पीडितको आन्दोलनमा जसपाको ऐक्यबद्धता

काठमाडौं, फागुन १५ : जनता समाजवादी पार्टी (जसपा) नेपालले मिटरब्याज पीडितको आन्दोलनमा ऐक्यबद्धता जनाएको छ।

जसपाले मिटरब्याज पीडितहरुले भृकुटीमण्डबाट सुरु गर्न लागेको मार्चपासमा सहभागी भएर उनीहरुको आन्दोलनप्रति ऐक्यबद्धता जनाउन लागेको हो।

Hardik ivf

सरकारले उनीहरुको न्यायोचित माग र मुद्दालाई वार्ताको माध्यमबाट सम्बोधन गर्नुपर्ने र समस्या समाधानमा तदारुकता जनाउनु पर्ने जसपाको माग रहेको छ।

पार्टीका कार्यकारिणी समिति सदस्य एवम् संगठन विभाग प्रमुख राजेन्द्रप्रसाद श्रेष्ठको नेतृत्वमा पार्टीका नेता, कार्यकर्ताहरु ऐक्यबद्धता जनाउन आन्दोलनमा सहभागी हुन लागेका हुन्।
 
प्रकाशित मिति: १४:५२ बजे, मंगलबार, फागुन १५, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्