Kathmandu Press

 साफ यु-१६ को महिला फुटबलमा सहभागी हुन भुटानको टिम नेपालमा

मंगलबार नेपाल आएको भुटानको टिमलाई त्रिभुवन बिमानस्थलमा एन्फा प्रवक्ता सुरेश शाहले स्वागत गरेका थिए। प्रतियोगिता फागुन १८ देखि २८ गतेसम्म ललितपुरस्थित च्यासल रंगशालामा हुनेछ।
 साफ यु-१६ को महिला फुटबलमा सहभागी हुन भुटानको टिम नेपालमा

काठमाडाैं, फागुन १५ : फागुनको तेस्रो सातादेखि सुरु हुने  साफ यु-१६ को महिला फुटबलमा सहभागी हुन भुटानको टिम नेपाल आइपुगेको छ।

मंगलबार नेपाल आएको भुटानको टिमलाई त्रिभुवन बिमानस्थलमा एन्फा प्रवक्ता सुरेश शाहले स्वागत गरेका थिए। प्रतियोगिता फागुन १८ देखि २८ गतेसम्म ललितपुरस्थित च्यासल रंगशालामा हुनेछ।

यसपटक आयोजक नेपालसहित चार राष्ट्रले मात्र प्रतिस्पर्धा गर्दैछन्। नेपालले आफ्नो पहिलो खेल फागुन १९ गते बंगलादेशसँग खेल्नेछ भने दोस्रो खेल फागुन २१ गते भुटानसँग खेल्नेछ।

लिगचरणको अन्तिम खेल नेपालले फागुन २४ गते भारतसँग खेल्ने छ। साफ यु–१६ प्रतियोगीताको एन्फाले तयारी गरिरहेको प्रवक्ता शाहले बताए।

यसपटक यु–१६ उमेरसमूहको प्रतिस्पर्धामा पनि सबै टोलीले एकअर्कासँग समान एक–एक खेल्नेछन् भने शीर्ष दुई टोलीले उपाधीका लागि प्रतिष्पर्धा गर्ने एन्फाले जनाएको छ। प्रतियोगीतामा नेपाल भारत, भुटान र बंगलादेशले सहभागीता जनाउनेछन्। 

प्रकाशित मिति: १४:२५ बजे, मंगलबार, फागुन १५, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्