Kathmandu Press

स्वास्थ्य क्षेत्रको सुधार गर्न खोज्दा केही स्थानमा कर्मचारीबाटै अवरोध सिर्जना : मन्त्री बस्नेत

स्वास्थ्य सेवा दिवसको अवसरमा मंगलबार काठमाडौंमा आयोजित कार्यक्रममा मन्त्री बस्नेतले जनताको आधारभूत स्वास्थ्य सेवाको अधिकार स्थापीत गर्न आफुले स्वास्थ्य क्षेत्रको सुधार गर्न खोजेको तर केहि स्थानमा कर्मचारीबाटै अवरोध सिर्जना भएको बताएका हुन्।
स्वास्थ्य क्षेत्रको सुधार गर्न खोज्दा केही स्थानमा कर्मचारीबाटै अवरोध सिर्जना : मन्त्री बस्नेत

काठमाडाैं, फागुन १५ : स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेतले स्वास्थ्य क्षेत्रको सुधार गर्न खोज्दा केही स्थानमा कर्मचारीबाटै अवरोध सिर्जना भएको बताएका छन्। 

स्वास्थ्य सेवा दिवसको अवसरमा मंगलबार काठमाडौंमा आयोजित कार्यक्रममा मन्त्री बस्नेतले जनताको आधारभूत स्वास्थ्य सेवाको अधिकार स्थापीत गर्न आफुले स्वास्थ्य क्षेत्रको सुधार गर्न खोजेको तर केहि स्थानमा कर्मचारीबाटै अवरोध सिर्जना भएको बताएका हुन्।

Hardik ivf

पहुँच र भनसुनका भरमा सरुवा हुन नचाहने र आकर्षक स्थानमा बसेको कर्मचारीहरुले मन्त्रालयको कामलाई विरोध गरेका उनले बताए। मन्त्री बस्नेतले शत प्रतिशत राम्रो गर्न खोज्दा नराम्राहरु एकढिक्का हुने गरेको गुनासो गरे।

अस्पतालमा टेन्डरमार्फत सामग्री खरिद गर्न खोज्दा कर्मचारीहरुले तालाबन्दी नै गर्ने गरेको उनको भनाइ छ । उनले आधारभूत स्वास्थ्य सेवा प्रभाव गर्न प्रयाप्त कर्मचारी नभएकाले अस्थायी दरबन्दी सिर्जना गरिएको धारणा राखे।

कार्यक्रममा दार्चुला अस्पतालमा कार्यरत सिनियर अनमी बबिता विष्टलाई एकलाख नगद पुरस्कार सहित यस वर्षको उत्कृष्ठ स्वास्थ्य सेवा पुरस्कार प्रदान गरिएको छ।

त्यस्तै ४ जना स्वास्थ्यकर्मीलाई स्वास्थ्य सेवा पुरस्कार प्रदान गरिएको छ । ५० हजार नगद रासी सहितको स्वास्थ्य सेवा पुरस्कार पाउनेहरुमा कालिकोटका सिनियर अहेव दीर्घबहादुर नेपाली, बाराकी सिनियर अनमी किरण कुमारी, सुर्खेतका डा. केशरबहादुर ढकाल र फार्मेसी निरीक्षक शुष्मा थपलिया रहेका छन्। 

प्रकाशित मिति: १४:१९ बजे, मंगलबार, फागुन १५, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्