Kathmandu Press

राष्ट्रियसभाको अध्यक्ष पद माओवादीले पाउनुपर्नेमा जोड

पार्टी कार्यालय पेरिसडाडामा मंगलबार बसेको बैठकमा राष्ट्रिय सभाको अध्यक्ष पद माओवादीले पाउनुपर्ने र यसका लागि पार्टी अध्यक्षले गठबन्धनमा अडान राख्नुपर्नेमा सदस्यहरुले जोड दिएका हुन्।
राष्ट्रियसभाको अध्यक्ष पद माओवादीले पाउनुपर्नेमा जोड

काठमाडौं, फागुन १५ : नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठकमा अधिकांश सदस्यहरुले राष्ट्रियसभाको अध्यक्ष पद माओवादीले पाउनुपर्नेमा जोड दिएका छन्।

पार्टी कार्यालय पेरिसडाडामा मंगलबार बसेको बैठकमा राष्ट्रिय सभाको अध्यक्ष पद माओवादीले पाउनुपर्ने र यसका लागि पार्टी अध्यक्षले गठबन्धनमा अडान राख्नुपर्नेमा सदस्यहरुले जोड दिएका हुन्।

Hardik ivf

माओवादी प्रवक्ता अग्नि सापकोटाले बैठकमा अधिकाशं स्थायी कमिटि सदस्यहरुले राष्ट्रिय सभाको अध्यक्ष आफ्नो पार्टीबाट हुनुपर्नेमा जोड दिएको र यसबिषयमा बुधबारको बैठकले आवश्यक निर्णय गर्ने जानकारी दिए।

बैठकमा कांग्रेस महासमिति बैठकमा गठबन्धनका बारेमा उठेका बिषयमा पनि सदस्यहरुले चासो राखेको उहाले बताए। बुधबारको बैठकमा अध्यक्ष प्रचण्डले धारणा राख्ने र आवश्यक निर्णय गरेर बैठक समापन हुने उनको भनाइ छ।

स्थायी कमिटीमा नेताहरुको कार्यबिभाजन, पार्टीको अभियानको समिक्षा र आगामी अभियानका बारेमा निरन्तर छलफल भएको प्रवक्ता सापकोटाले जानकारी दिए। 

प्रकाशित मिति: १३:५६ बजे, मंगलबार, फागुन १५, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्