Kathmandu Press

गीत-संगीतको क्षेत्रमा आचार्यको योगदान महत्वपूर्ण : प्रधानमन्त्री

गीत-संगीतको क्षेत्रमा आचार्यको योगदान महत्वपूर्ण : प्रधानमन्त्री

काठमाडौं, फागुन १५ : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले वरिष्ठ गायक तथा संगीतकार भक्तराज आचार्यले दिएको योगदानले गीत–संगीतको क्षेत्रमा लामो समयसम्म उत्प्रेरणा र दिशानिर्देशन गरिरहने बताएका छन्।

आज नेपाल संगीत तथा नाट्य प्रज्ञा-प्रतिष्ठान पुगी आचार्यको पार्थिव शरीर श्रद्धाञ्जलि अर्पण गर्नुहुँदै प्रधानमन्त्री दाहालले उनको योगदान मुलुकका लागि महत्वपूर्ण रहेको स्मरण गरे। उनले स्व. आचार्यको पार्थिव शरीरमा राष्ट्रिय झण्डा ओढाएर सम्मान गरेका थिए।

Hardik ivf

प्रतिष्ठानमा बिहान ११ बजेदेखि शुभचिन्तक, गीत-संगीत क्षेत्रका व्यक्तित्व तथा कलाकारहरुबाट आचार्यप्रति श्रद्धाञ्जली अर्पण चलिरहेको छ। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली नक्साल पुगेर आचार्यलाई श्रद्धाञ्जली अर्पण गरे। आचार्यप्रति श्रद्धाञ्जली व्यक्त गर्न संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराती, कांग्रेस नेता मिनेन्द्र रिजाल पनि पुगेका थिए ।

उनको आजै पशुपति आर्यघाटमा दाहसंस्कार गरिनेछ। भजन शिरोमणि उपाधि पाएका उनको सोमबार ८२ वर्षको उमेरमा निधन भएको थियो। आचार्यलाई उपचारका लागि ललितपुरको मेडिसिटी अस्पताल लैजाने क्रममा बाटोमै निधन भएको हो।

गायक आचार्यका दुई छोरा सत्यराज र स्वरूपराज पनि गीत-संगीत क्षेत्रमै छन्। १९९९ सालमा धनकुटामा जन्मिएका आचार्यले चार सयभन्दा बढी गीतमा स्वर तथा संगीत दिएका छन्। नेपाली सुगम संगीतमा उनको महत्वपूर्ण योगदान छ।

प्रकाशित मिति: १३:४० बजे, मंगलबार, फागुन १५, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्