न्यौपाने र गौतममाथि दुई अर्ब अनियमित कर्जा प्रवाहको आरोप
नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) गरेको अनुुसन्धानका क्रममा विभिन्न कम्पनीलाई कमसल धितो राखेर कर्जा प्रवाह गरेको उजुरीका आधारमा सेन्चुरी बैंकका तत्कालीन प्रमुख कार्यकारी अधिकृत मनोज न्यौपानेसहित १० जनालाई पक्राउ गरेको थियो।
काठमाडौं, फागुन १५ : तत्कालीन सेन्चुरी कमर्सियल बैंकका विभिन्न शाखाबाट कमसल धितोमा दुई अर्ब रुपैयाँ भन्दा कर्जा प्रवाह गरेको आरोप तत्कालीन प्रमुख कार्यकारी अधिकृत मनोज न्यौपाने लगायतविरुद्ध लागेको छ।
नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) गरेको अनुुसन्धानका क्रममा विभिन्न कम्पनीलाई कमसल धितो राखेर कर्जा प्रवाह गरेको उजुरीका आधारमा सेन्चुरी बैंकका तत्कालीन प्रमुख कार्यकारी अधिकृत मनोज न्यौपानेसहित १० जनालाई पक्राउ गरेको थियो।
हाल प्रभु बैंकमा डेपुटी सीईओ रहेका न्यौपानेसँगै सेन्चुरी बैंकका पूर्वसीईओ तुलसीराम गौतम पनि पक्राउ परेका छन्।
पक्राउ पर्नेमा हाल प्रभु बैंकका कर्मचारी दिपेश प्रधान, रमण श्रेष्ठ, दिलिप बराल, राजेश भण्डारी समेत छन्। न्यौपाने र गौतमसहित पक्राउ परेकाहरुविरुद्ध राष्ट्र बैंक ऐन विपरीतको कसुर गरेको आरोपमा अनुसन्धान तथा कारबाही प्रक्रिया अघि बढाइने प्रहरीले जनाएको छ।
प्रभु बैंकमा गाभिएको साविकको सेन्चुरी बैंकको सीईओ हुँदा कर्जा प्रवाहमा घोटाला गरेको जाहेरीका आधारमा प्रहरीले नियन्त्रणमा लिएको हो।