निजगढ विस्फोटमा मृत्यु हुनेको संख्या तीन पुग्यो
विस्फोटमा परी घाइते भएका वीरगञ्ज–९ का रितु रजतको बयोधा अस्पतालमा मंगलबार बिहान निधन भएको जनाइएको छ।
कलैया, फागुन १५ : बाराको निजगढमा सोमबार भएको विस्फोटमा परी मृत्यु हुनेको संख्या तीन पुगेको छ। विस्फोटमा ६ जना घाइते भएका थिए।
निजगढ नगरपालिका ७ मा रहेको रोहित वर्कसपमा ग्याँस वेल्डिङ गर्ने क्रममा सोमबार विस्फोट भएको थियो। उक्त वर्कसप रेशम मगरले सञ्चालन गरेका थिए।
वर्कसप सञ्चालक मगर र भारतका राकेश जैसवालको पनि उपचारकै क्रममा बयोधा अस्पतालमासोमबार मृत्यु भएको थियो।
अहिले घाइतेको उपचार भइरहेको छ। प्रहरीले जनाए अनुसार कवाडी किन्ने भारतका रमेश जैसवाल र निजगढका टिकाराम पाख्रिनलाई पक्राउ गरी अनुसन्धान भइरहेको छ।
प्रकाशित मिति: १२:३८ बजे, मंगलबार, फागुन १५, २०८०
प्रतिक्रिया दिनुहोस्
थप समाचार












