Kathmandu Press

कोरोनाबारे छलफल गर्न नेकपाले बोलायो सचिवालय बैठक 

काठमाडौं, चैत्र ५ : कोरोना भाइरसको संक्रमण उच्च भएपछि सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले आजका लागि सचिवालय बैठक बोलाएको छ ।

मगलबार ....

कोरोनाबारे छलफल गर्न नेकपाले बोलायो सचिवालय बैठक 

काठमाडौं, चैत्र ५ : कोरोना भाइरसको संक्रमण उच्च भएपछि सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले आजका लागि सचिवालय बैठक बोलाएको छ ।

मगलबार प्रधानमन्त्री एवं पार्टीका अर्का अध्यक्ष केपी शर्मा ओलीसँग भेटवार्ता गरेपछि अध्यक्ष पुष्पकमल दाहालले सचिवालय बैठक बोलाएका हुन् । बैठक आज अपरान्ह ४ बजे प्रधानमन्त्री निवास बालुवाटारमा नै बस्नेछ ।

प्रधानमन्त्री केपी शर्मा ओली समेत सहभागी हुने यो बैठकले कोरोना भाइरसको संक्रमणबाट जोगिन जनस्तरमा चेतनात्मक कार्यक्रम अघि बढाउँन कार्यकर्ता परिचालन गर्नेबारे छलफल गरी आवश्यक निर्णय गरिने बुझिएको छ ।

यसअतिरिक्त कोरोना भाइरसको संक्रमण भित्रन नदिन तथा भित्रिहाले के गर्ने भनेर सरकारले गरेको तयारीका बिषयमा समेत बैठकमा छलफल हुने बताईएको छ । 


 

प्रकाशित मिति: ०७:२९ बजे, बुधबार, चैत ५, २०७६
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्